यौनसम्बन्धको सहमति दिन मोबाइल एप लञ्च, एकपटक दिएको सहमति २४ घण्टा वैधानिक
काठमाडौं। यौन सम्बन्ध राख्न चाहने जोडीको लागि सम्बन्धका लागि आफू राजी भएको भनी सहमति दिनको लागि मोबाइल एप लञ्च गरिएको छ । यो एपमार्फत कसैले पनि एक पटक दिएको सहमति वैधानिक हुनेछ । २४ घण्टा बितिसकेपछि भने यो सहमति अवैधानिक मानिनेछ । यसरी दिइएको सहमति एक पटकको यौन सम्बन्धको लागि मात्रै हुनेछ । यस्तो अनौठो एक डेनमार्कमा लञ्च गरिएको हो । यसरी सहमति दिने यौनसाथीले कुनै पनि समयमा सहमति फिर्ता लिन भने सक्नेछ ।
डेलीमेलको रिपोर्टअनुसार केही समय पहिले डेनमार्कमा बलात्कार सम्बन्धी नयाँ कानुन लागू गरिएको छ । यो नयाँ कानुन लागू भएसँगै यो नयाँ एप लञ्च गरिएको हो । आइकन्सेन्ट नाम दिइएको यो एपका विकासकर्ताका अनुसार यो एपमार्फत यौनको सहमति लिने वा दिने प्रयोगकर्ताको डाटा सुरक्षित राखिनेछ । यदि कुनै पनि आपराधिक मामिलामा यो डाटाको आवश्यक परेमा अनुसन्धानको लागि उपलब्ध गराइनेछ । विकासकर्ताले यो डाटाको प्रयोग अदालतमा मात्र गरिने बताए पनि विशेषज्ञहरुले अदालतबाहिर पनि यसको प्रयोग हुन सक्ने आशंका जनाएका छन् ।
डिसेम्बरमा डेनमार्कको संसदले बलात्कारविरुद्ध नयाँ कानुन पारित गरेको थियो । जनवरीदेखि यो कानुन लागू गरिएको छ । यो नयाँ कानुन अनुसार ‘स्पष्ट सहमति’ बिना कुनै पनि यौन सम्बन्धलाई बलात्कार मानिने व्यवस्था छ । यसअघिको कानुनमा भने बलात्कार प्रमाणित गर्नको लागि महिलामाथि हिंसा भएको र महिला बलात्कारको विरोध गर्न सक्षम नभएको पनि प्रमाणित गर्नुपर्ने बाध्यता थियो ।
आइकन्सेन्ट एपका विकासकर्ताका अनुसार यो एपले जोडीको आपसी सहमतिलाई दस्तावेजको रुपमा रेकर्ड राख्न सहयोग गर्नेछ । यो एपको माध्यमबाट कसैले पनि यौन सम्बन्धको सहमति दिन सक्छन् र सहमति माग्न अर्थात अनुरोध पनि गर्न सक्छन् । एक विकासकर्ताका अनुसार एपमा सहमति दिएर मात्र पुग्दैन, यौन सम्बन्धको ठिक अगाडि, सम्बन्धको क्रममा र ठिक पछि पनि सहमति दिनुपर्नेछ ।







डिसी नेपाल







Facebook Comment