हरिद्वारमा कुम्भ मेला चलिरहेको बेला माथि हिमनदी फुटेर भीषण बाढी, सयौंको मृत्यु
काठमाडौं। भारतको उत्तराखण्डमा हिमताल फुटेर भीषण बाढी आएको छ । आइतबार हिमताल फुटेपछि धौनीनन्दा नदीको जलस्तर अचानक बढेको हो । उत्तराखण्डका मुख्य सचिव ओम प्रकाशले एक भारतीय मिडियालाई बताएअनुसार १ सयदेखि १५० जना मारिएको आशंका गरिएको छ । चमोलीको तपोवन क्षेत्रमा भएको यो घटनामा ऋषिगंगा पावर प्रोजेक्टलाई ठूलो क्षति पुगेको छ । यहाँ काम गर्ने कैयौं मजदूर बेपत्ता भएका छन् ।
नदीको किनाराका कैयौं घर पानीमा बगेका छन् । आसपासका गाउँलाई खाली गराइँदैछ । ऋषिगंगाका अलावा एनटीपीसीको पनि एक परियोजना क्षतिग्रस्त भएको छ । तपोवन बाँध, श्रीनगर बाँध र ऋषिकेश बाँध पनि क्षतिग्रस्त भएका छन् । टीबीपी, एसडिआरएफ र एनडीआरएफका टिमहरु घटनास्थल पुगेका छन् । रेड अलर्ट जारी गरिएको छ ।
#WATCH | Water level in Dhauliganga river rises suddenly following avalanche near a power project at Raini village in Tapovan area of Chamoli district. #Uttarakhand pic.twitter.com/syiokujhns
— ANI (@ANI) February 7, 2021
प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार उत्तराखण्डको हालको निगरानी गरिरहेको बताएका छन् । एनडीआरएफका केही टिम देहरादूनबाट जोशीमठ पठाइएका छन् । दिल्लीबाट एयरलिफ्ट गरेर केही टिम देहरादून पठाइनेछन् । उत्तराखण्ड पुलिसका अनुसार श्रीनगर, ऋषिकेश र हरिद्वारमा पानीको स्तर खतराको चिन्हभन्दा माथि पुगिसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतसँग फोनमा कुरा गरेका छन् ।
मुख्यमन्त्री रावतका अनुसार नन्दप्रयागअगाडि अलकनन्दा नदीको बहाव सामान्य भएको छ । उनी आफू पनि चमोली गइसकेका छन् । उनले जनतासँग हल्लाप्रति ध्यान नदिन आग्रह गरे । उत्तर प्रदेशमा पनि हाइअलर्ट जारी गरिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले गंगा किनारका सबै बस्तीमा जलस्तरमाथि निगरानी गर्न निर्देशन दिएका छन् । अहिले हरिद्वारमा कुम्भ मेला चलिरहेको छ । त्यसैले राज्य सरकारले यहाँ पनि हाइ अलर्ट जारी गरेको छ ।







डिसी नेपाल







Facebook Comment