नेपालमा लगाइएको भ्याक्सिनले कोरोनाको नयाँ प्रजातिविरुद्ध काम गर्दैन
काठमाडौं। नेपालमा अहिले खोप अभियानमा प्रयोग भइरहेको भ्याक्सिनले कोरोनाभाइरसको नयाँ प्रजातिविरुद्ध काम गर्दैन । एक अध्ययनमा यो भ्याक्सिन कोरोनाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी नभएको खुलासा भएको छ । वैज्ञानिकहरुले रिपोर्टमा नयाँ स्ट्रेनविरुद्ध कोभिशिल्डको प्रभाव ‘निराशाजनक’ भएको बताएका छन् । यससँगै दक्षिण अफ्रिकाले आफ्नो देशमा यो भ्याक्सिनको आपूर्तिमा रोक लगाएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री ज्वेली माखिसेले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका हुन् । उनका अनुसार एस्ट्राजेनेकाले दक्षिण अफ्रिकामा १० लाख डोज आपूर्ति गरिसकेको छ । खोप दिने प्रक्रिया पनि सुरु भइसकेको छ तर वैज्ञानिकहरुको अध्ययनको नतिजामा नयाँ खुलासा भएसँगै अब अगाडिको आपूर्तिमा रोक लगाइएको छ । ज्वेलीका अनुसार दक्षिण अफ्रिकामा ९० प्रतिशत केस कोरोनाको नयाँ स्ट्रेनका छन् । यस्तोमा भ्याक्सिन प्रभावकारी नभएमा भ्याक्सिन लिनुको कुनै अर्थ हुँदैन ।
वैज्ञानिकहरुले अक्सफोर्ड एस्ट्राजेनेकाको भ्याक्सिनको ट्रायल २ हजार जनामा गरेका थिए । यसमा यो भ्याक्सिनले नयाँ स्ट्रेनविरुद्ध एकदमै कम काम गर्ने पाइयो । यसबाट कोरोनाबाट हुने मृत्यु पनि कम नहुने पाइयो । दक्षिण अफ्रिकी स्वास्थ्यमन्त्रीले आफूहरु वैज्ञानिकको सम्पर्कमा रहेको र अगाडि रिपोर्ट पाएपछि निर्णय गरिने बताए ।







डिसी नेपाल







Facebook Comment