पुलिसले ७ अर्ब रुपैयाँ फेला पारेर पनि केही गर्न सकेन, सबै पैसा अपराधीले पाउने खतरा
काठमाडौं। जर्मनीमा पुलिसले ५० मिलियन युरोभन्दा धेरै (७ अर्ब नेपाली रुपैयाँ) बराबरको खजाना फेला पारेको छ । तर, पुलिस र सरकारी जाँच एजेन्सीको लागि टाउको दुखाइको कुरा एउटै छ – उनीहरु यो रकममध्येबाट १ रुपैयाँ पनि निकाल्न सक्दैनन् । यसको कारण एउटा पासवर्ड हो जुन पासवर्ड पुलिस र जाँच एजेन्सीसँग छैन । यो पासवर्ड एकजना अपराधीलाई थाहा छ । अपराधी पुलिसको नियन्त्रणमा पनि छन् तर ती अपराधी पासवर्ड बताउँदैनन् । रोयटर्सको रिपोर्टअनुसार यी चतुर साइबर अपराधी पुलिसलाई पासवर्ड कुनै हालतमा बताउन मान्दैनन् ।
जर्मनीमा पुलिस र कानुन प्रवर्तन एजेन्सीले एक साइबर अपराधीबाट ५० मिलियन युरोभन्दा धेरै रकम जफत गरे । तर, समस्याको एउटै कारण हो यो सबै रकम बिटक्वाइनको रुपमा छ । यही कारण उनीहरुले यो रकम केही गर्न सक्दैनन् । जबसम्म पासवर्ड अपराधीको दिमागमा सुरक्षित छ तबसम्म यो रकम पनि सुरक्षित छ र त्यो रकम ती अपराधीले मात्र निकाल्न सक्छन् । बिटक्वाइन एक डिजिटल करेन्सी अर्थात भर्चुअल मुद्रा हो । यसलाई देख्न र छुन सकिँदैन तर यसको प्रयोग कारोबारको लागि भने गर्न सकिन्छ ।
बिटक्वाइनलाई डिजिटल वालेरमा जम्मा गरेर राखिन्छ । डिजिटल वालेटलाई पासवर्डले बन्द गरिन्छ र वालेट खोल्न त्यही पासवर्ड चाहिन्छ । पासवर्ड नभए यो रकम केही गर्न सकिँदैन । जर्मनीमा जुन व्यक्तिलाई यो पासवर्डको जानकारी छ ती अपराधीलाई साइबर अपराधमा दुई वर्षको लागि जेल सजाय सुनाइएको थियो । पुलिसले उनीसँगबाट १७०० बिटक्वाइन जफत गरेको छ ।
पुलिसले यो बिटक्वाइन अनलक गर्न कैयौं कोसिस गरिसकेको छ तर असफल भएको छ । समाचारअनुसार ती अपराधीसँग कैयौं पटक पासवर्ड सोधिएको छ तर उनी चुप बस्छन् । उनीमाथि अरुको कम्प्युटरमा लुकेर एक विशेष सफटवेयर राखिदिएर बिटक्वाइन चोरी गरेको आरोप छ । अब ती आरोपीको सजाय पनि पूरा भइसकेको छ ।







डिसी नेपाल







Facebook Comment