‘प्रयांक भिडियो’ बनाउन खोज्दा २० वर्षका युवाको ज्यानै गयो

डिसी नेपाल
२६ माघ २०७७ १२:२८
1.1k
Shares

काठमाडौं। इन्टरनेटमा चर्चित हुनका लागि मानिसहरुले कहिलेकाहीँ हद पार गर्छन् र कहिलेकाहीँ यसले ठूलो दुर्घटना निम्त्याउँछ । यस्तै दुखद घटना अमेरिकामा भएको छ । अमेरिकामा प्रयांक भिडियो बनाउने प्रयासमा एक युवकले ज्यान गुमाउनु परेको छ । अमेरिकाका नेशवाइलमा २० वर्षका युवकले प्रयांक भिडियो बनाउने प्रयास गरिरहेका बेला उनको गोली हानेर हत्या गरिएको छ ।

वाशिङटन पोस्टका अनुसार तिमोथी विल्क्सनामका यी युवकलाई नेशवाइलको अर्बन एयर ट्रेंपोलिनको पार्किङमा गोली हानिएको हो । यी युवकले त्यहाँ रहेका केही व्यक्तिहरुलाई लुटपाट गर्न खोजेजस्तो गरेर प्रयांक भिडियो बनाइरहेका थिए । उनीसँग उनका एक साथी पनि थिए । उनको हत्या भएपछि घटनास्थल पुगेको पुलिस टिमलाई डेभिड स्टारनेस जुनियर नामका व्यक्तिले आफूले नै तिमोथीलाई गोली हानेको बताएका छन् ।

पुलिसका अनुसार तिमोथीले मासु काट्न प्रयोग गरिने चक्कु लिएर लुटपाटको नाटक गर्न खोजेका थिए । उनहिरुले लुटपाटकोृ नाटक गर्न चाहेका व्यक्तहरुमध्ये डेभिड पनि थिए । जब तिमोथी र उनका साथीले चक्कु देखाएर त्यहाँ भएका मानिसहरुलाई धम्क्याउन थाले डेभिडले तिमोथीलाई गोली हानिदिए । २३ वर्षका तिमोथीले यो प्रयांक हो भन्ने आफूलाई पत्तै नभएको बताएका छन् । पुलिसले डेभिडले आत्मरक्षामा गोली चलाएका थिए या अरु नै नियत थियो भन्ने अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यो घटनामा कसैलाई गिरफ्तार गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *