लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भयो : कमल थापा

डिसी नेपाल
३० माघ २०७७ १७:०२
24
Shares

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् ।

संसद् विघटनपश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए । आज पार्टीको हेटौंडामा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सवधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतराप्रती चिन्ता प्रकट गरे।

निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२÷६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको टिप्पणी गरेका थिए । कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नवराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईंलगायतले बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.