नेपालमा प्रयोग गरिएको खोपलाई डब्ल्यूएचओको अनुमति

डिसी नेपाल
४ फागुन २०७७ १३:२९
88
Shares

बीबीसी। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालमा प्रयोग गरिएको कोभिशील्डसहित दुई देशमा निर्मित अक्सफर्ड-अस्ट्राजेनेका खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

डब्ल्यूएचओले भारतको सीरम इन्स्टि्यूट अफ इन्डियाको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका-एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो।

डब्ल्यूएचओले एक विज्ञप्तिमा ती खोपका गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपश्चात् सूचीकृत गरिएको बताइएको छ।

अब ती खोपहरू कोभ्याक्समार्फत् वितरण गर्न योग्य भएका छन्। कोभ्याक्सअन्तर्गत नेपालले फेब्रुअरीको अन्त्यतिर साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने विवरण आएका छन्।

ती खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता एवं भण्डारण अवस्था अध्ययन चार हप्तामा गरिएको डब्ल्यूएचओले जनाएको छ। ती खोपहरूको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने जनाइएको छ।

डब्ल्यूएचओले यसअघि नै गत वर्ष डिसेम्बर ३१ मा फाइजर/बायोएनटेक खोपलाई यस्तो अनुमति दिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.