वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन
सांकेतिक तस्वीर।
बाग्लुङ। बागलुङका चार स्थानीय तहमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेको छ। वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने भएपछि समुदाय तहमा पुगेर रोजगारीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन थालिएको हो।
स्थानीय तहको नेतृत्व, स्थानीय सेवा प्रदायक संस्था विवाइसीको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना ९सामी०अन्र्तगत ती स्थानीय तहको टोलटोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवालाई सचेत गराउन थालेको सामी परियोजना संयोजक मीनप्रसाद उपाध्याले जनाए। सचेतना कार्यक्रममा सहभागीले चासोका साथ रोजगारीको विषयमा जानकारी लिने गरेका छन्।
वैदेशिक रोजगारीले देशमा गरीबी घटाउन ठूलो योगदान गरेको छ। यद्यपि वैदेशिक रोजगारीका फाइदाका अतिरिक्त यसमा विभिन्न किसिमका जोखिम छन्। वैदेशिक रोगजारीका क्रममा ठगिमा पर्ने, झुठो आश्वासन कबुल गरेभन्दा फरक काम तथा फरक सेवा सुविधा उपलब्ध हुने अवस्था छ।
वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गरिएको छ।
बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाको विभिन्न स्थानमा सामुदायिक अभिमुखीकरण तथा गहन अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको संयोजक उपाध्याको भनाइ छ। वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धिमूलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना ९सामी० तेस्रो चरण नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका एक सय ५६ स्थानीय सरकारको नेतृत्वमा सञ्चालित कार्यक्रमका लागि हेल्भेटासले प्राविधिक सहयोग उपलब्ध गराएको छ। वैदेशिक रोजगारीमा जोखिम कम गर्दै यसबाट प्राप्त हुने प्रतिफल वृद्धि गर्न बागलुङ, जैमिनी, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गत वर्षको मङ्सिरदेखि सामी परियोजना सञ्चालनमा रहेको छ।
परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श, निःशुल्क कानूनी सेवा, निःशुल्क सीप तालीम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनःस्थापनाको काम गर्दै आएको विवाइसीका अध्यक्ष मणि शर्माले जनाए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment