सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

डिसी नेपाल
११ फागुन २०७७ २३:२०

राजविराज । सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यबाट शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षद्वारा आयोजित कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पहिलो दिन १४ लाई राष्ट्रिय परिचयपत्र प्रदान गरे ।

प्रजिअ आचार्यले सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखि प्रारम्भ भएको जानकारी दिए । हरेक नेपालीको जैविक तथा वैयत्तिक विवरणलाई सुरक्षितरुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य शुरु गरेको हो ।

कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखि २०७७ भदौसम्म स्थगित भएको काम पुनः २०७७ असोजदेखि अघि बढाइएको जनाउँदै उनले जिल्लामा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८६६ को डाटा इन्ट्री भइसकेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको बलानबिहुल गाउँपालिकाको सबै छ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण सङ्कलन र दर्ता कार्य भइरहेको जनाइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *