कैलालीमा १ जनाकाे शव भेटियाे, हत्या भएकाे हुनसक्ने आशंका

डिसी नेपाल
१५ फागुन २०७७ १०:१२
164
Shares
कैलाली । कैलालीमा एक जनाकाे शव फेला परेकाे छ। शिवचरण रानाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ। ३५ वर्षीय राना गेटा आँखा अस्पताल नजिक पसल सञ्चालन गर्दै आएका थिए।
प्रहरीका अनुसार शनिबार बिहान शव फेला परेकाे हाे।  शंकास्पद भएका कारण घटनाबारे अनुसन्धान भइरहेकाे छ। मृतककाे टाउकाेमा चाेट देखिएकाे छ भने स्थानीयले उनकाे हत्या भएकाे दावी गरेका छन्।
प्रहरीका अनुसार रानाकाे टाउकोमा देखिएको चोट हेर्दा खुकुरी प्रहार गरी हत्या गरेको जस्तो छ। चाेट हेर्दा हत्या भएकाे सहजै अनुमान गर्न सकिन्छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *