शहीद स्मारक ‘बी’ डिभिजन लिग : सातदोबाटो शीर्ष स्थानमा

डिसी नेपाल
१७ फागुन २०७७ २३:०३

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । जीतसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले निर्णायक गोल गरेका हुन् । उनले खेलको २५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

जीतसँगै सातदोबाटोले आठ खेलमा २२ अङ्क जोडेको छ । यस्तै आठ खेलमा ६ अंक जोडेको श्री भगवती क्लब लिगको नवौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *