बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली

डिसी नेपाल
१८ फागुन २०७७ ११:१३
72
Shares

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन्। हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्केका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन्।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए। सोमबार मात्र लण्डन आइपुगेका रेग्मीले सोही दिन नै कार्यभार सम्हालेका हुन् । उनलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *