भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

डिसी नेपाल
१८ फागुन २०७७ २२:१०
492
Shares

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पु¥याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

फागुन ४ गते पक्राउ परेका दिनेशमाथि अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले भने, “नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।” उहाँका अनुसार एक दुई दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । प्राविधिक परीक्षण गर्नुपर्ने वस्तु प्रयोगशालामा पठाइएको र परीक्षण रिपोर्ट आएपछि प्रतिवेदन तयार हुन्छ । दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन पटक पाँच/पाँच दिनको म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी हिरासतमा रहेका दिनेशले आफूले नै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरी सकेका छन् । दिनेशमाथि कर्तव्य ज्यान मुद्दा र जबरजस्तीकरणी विरुद्धको मुद्दा दर्ता भइसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *