स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
डोटी । जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँ घरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो ।
जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार उक्त कार्यक्रममा भिडियो एक्सरे, इसिजी, नर्मल एक्सरे, प्रयोगशाला सेवा र निःशुल्क औषधि सेवा उपलब्ध गराइने भएको छ ।
जोरायल गाउँपालिकामा सञ्चालन भएको ‘गाउँ घरैमा चिकित्सक’ कार्यक्रमबाट दुई दिनमा २५० बढी बिरामीले स्वास्थ्य उपचार सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिउ । उनले भने, “ज्येष्ठ नागरिक तथा स्वास्थ्यको पहुँचबाट टाढा भएका नागरिकका लागि हामीले गाउँ घरैमा चिकित्सक’ कार्यक्रम शुरु गरेका छौँ ।”
उनका अनुसार सोमबारदेखि शुरु भएको उक्त कार्यक्रम मङ्गलबारसम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सक डा ज्योति पाण्डे, डा प्रकाश ठकुल्ला र डा सोहनकुमार साहले सेवा दिएका थिए । गाउँघरमै चिकित्सक पुगेर स्वास्थ्य सेवा प्रदान गरिन थालेपछि उक्त गाउँपालिकाका स्थानीयवासी तथा बिरामी निकै खुशी भएको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment