स्मृतिमा किसुनजी : मृत्यु हुँदा खल्तीमा २४० थियो
काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको एघारौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। नेता भट्टराईको विसं २०७६ फागुन २० गते निधन भएको थियो।
सन्त नेता भट्टराईलाई आफ्नो राजनीतिक गुरु मानेका नेपाली कांग्रेसका नेता रामहरि खतिवडा किसुनजी जस्तो राजनेता नेपालको राजनीतिक इतिहासमा अब नजन्मिने बताउँछन्। २०१५ सालमा राजाले संसद अपदस्थ गर्दा किसुनजी सभामुख हुनुहुन्थ्यो। राजा महेन्द्रले उहाँलगायत सबै नेताहरुलाई जेल हालेका थिए। जेलबाट छुटेपछि अरु नेताहरु प्रवास जानुभएको थियो।
तर सन्त नेता किसुनजी नेपालमा राजनीति गर्न बिदेसीको साहरा चाइँदैन भन्नु भयो र नेपालमै बस्नु भएको थियो। सत्याग्रह र अहिंसात्मक आन्दोलनको माध्यमबाट मुलुकमा परिवर्तन गर्न सकिन्छ भन्ने उहाँको मान्यता थियो। राजाले दलहरु माथि प्रतिबन्द्ध लगाउँदा पनि कुपन्डोल बसेर हरेक दिन साझा बसको यात्राबाट उहाँ पार्टी कार्यलय जानुहुन्थ्यो।
२०४६ सालको राजनीतिक परिवर्तन पछि राजालाई संविधानको दायरामा ल्याएर सबै नेपालीको स्वीकार्यताको संविधान जारी गर्नुभएको थियो। चुनाव गराएर पार्टीलाई पहिले दल बनाउनु भयो। देशको दुई पटक प्रधानमन्त्री भएको व्यक्ति वालुवाटार छोडेर छाता, सुरही, कन्तुर मात्र लिएर निस्कनु भएको थियो।
प्रधानमन्त्री हुँदा शनिबार कहिले सरकारी गाडी चढ्नुभएन। किसुनजी आफ्नो अठोट निष्ठा र सिद्धान्तमाथि कसैसँग सम्झौता नगर्ने नेता हो। त्यति त्यागी नेतालाई हामी सबैको आयु दिन्छु भन्दा पनि उहाँले छोडेर जानु भएको एघार बर्ष भयो। उहाँको स्वर्गवास हुँदा खल्तीमा २४० रुपैयाँ थियो।
नेपाली कांग्रेसका युवा नेतासँग गरिएकाे कुराकानीमा आधारित
No ads found for this position


डिसी नेपाल
Facebook Comment