पाकिस्तान सुपर लिग स्थगित

डिसी नेपाल
२० फागुन २०७७ १६:१७
276
Shares

काठमाडौं । पाकिस्तानको फ्रेन्चाइजी क्रिकेट पाकिस्तान सुपर लिग टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ । पाकिस्तान क्रिकेट बोर्डले बिहीबार लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ । खेलाडीहरुलाई कोरोना भाईरस देखिएपछि जारी प्रतियोगिता स्थगित गरिएको हो ।

सहभागि टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको छ ।पछिल्लो समय खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको हो ।

यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । सन्दीपले लाहोर क्वालन्दर्सबाट पीएसएल खेल्ने तय थियो । लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.