विप्लव समूहका नेता बाँस्तोला रिहा

डिसी नेपाल
२१ फागुन २०७७ १२:२७
276
Shares

काभ्रे। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेपलाञ्चोकबाट रिहा भएका छन्। सरकारसँग तीन बुँदे सहमति भएसँगै उनी शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट रिहा भएका हुन्।

११ दिनदेखि उनी काभ्रे हिरासतमा थिए। प्रहरीले संगठित अपराध, आगजनी लगायतका मुद्दामा उनलाई पक्राउ गरेको थियो। उनी रिहा भएसँगै उनलाई परिवार तथा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए। रिहा भएसँगै उनलाई प्रहरीले सुरक्षाकर्मी सहित काठमाडौं पठाएको छ।

उनले वार्ताले मुलुकलाई सहि निकास दिने बताउँदै राजनैतिक ढंगले समाधान गर्न खोजिएकाले आफूहरु बार्ताका लागि तयार भएको बताए। सञ्चारकर्मीसँगको कुराकानीमा उनले कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यकता भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *