गणेशमान सिंह स्मृति बक्सिङ : चन्द्र र रमिसा उत्कृष्ट

डिसी नेपाल
२२ फागुन २०७७ २२:५९
32
Shares

काठमाडौं । बक्समाण्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ आज काठमाडौँमा सम्पन्न वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

तामाङले पुरुषतर्फ उत्कृष्ट हुँदै एक थान मोटरसाइकल तथा श्रेष्ठले महिलातर्फ उत्कृष्ट हुँदै एक थान स्कुटर पुरस्कार प्राप्त गरे । आज भएको पुरुष ६९ किलो तौल समूहको फाइनल खेलमा तामाङले आरडीएसका करणसिंह ठकुरीलाई पराजित गरेका हुन् भने श्रेष्ठले महिला ४८ किलो तौल समूहमा नक्सालकी सुस्मिता तामाङलाई फाइनलमा पराजित गरेकी हुन् ।

यसैगरी महिला ५१ किलो तौल समूहमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण पदक जितिन् । महिला ५४ किलो तौल समूहमा थानकोटकी सुशीला ब्लोनले आरडीउसकी सदिक्षा मगरलाई पराजित गर्दै स्वर्ण जितिन् । यसैगरी महिला ५७ किलोतर्फ रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठलाई महिला ६० किलोतर्फ बक्समाण्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरीलाई तथा महिला ६४ किलो तौल समूहमा बक्समाण्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरिन् ।

यस्तै पुरुष ४९ किलोतर्फ नुवाकोटका मोहन गुरुङ पहिलो भए । उनले काभ्रेपलाञ्चोकका धर्मेन्द्र राईलाई पराजित गरे । यस्तै पुरुष ५२ किलोतर्फ कोट्स्य भैरवका सुमन नेपालीले बक्समाण्डुका वाङदी शेर्पालाई पराजित गरे । पुरुष ५६ किलो तौल समूहमा बुद्ध लामाले प्रशान्त लामालाई तथा ६० किलोतर्फ गणेश थापाले मौसम रानालाई पराजित गर्दै स्वर्ण जिते । पुरुष ६४ किलोमा ललितपुरका सनिल शाहीले स्वर्ण जिते । उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे ।

पुरुष ७५ किलोमा कोसिश श्रेष्ठले रुपक नेपालीलाई तथा पुरुष ८१ किलोतर्फ केशर खत्रीले कृष्णराज गिरीलाई हराउँदै स्वर्ण पदक जिते । स्वर्ण विजेतालाई जनही रु १० हजार, दोस्रो हुनेलाई रु सात हजार तथा तेस्रो हुनेलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ । उनिहरुलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, मोहन बस्नेत, आयोजक नागार्जुन बक्सिङ खेलकूद समितिका अध्यक्ष सन्तोष बुढाथोकीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.