सप्तरी प्रिमियर लिग तेश्रो सिजनको अक्सन सम्पन्न

डिसी नेपाल
५ चैत २०७७ १३:४६
160
Shares

राजबिराज । सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ । राजविराज स्थित होटल स्टार डिलक्समा सम्पन्न अक्सनमा लिगमा सहभागी पाँचवटा टिमले कुल ६५ जना खेलाडीहरु आ–आफ्नो टिममा बिभिन्न मूल्यमा भित्राएका छन् । अक्सन पछि सम्पूर्ण टिमको खेलाडी संख्या १५ पुगेको छ । टिमहरुले यस अघिनै मार्की खेलाडीहरु चयन गरेर अनुबन्धित गरिसकेको थियो भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनको रुपमा समावेश गरेको छ । तिलाठी कोइलाडीको मार्की  खेलाडीकाे रूपमा दिपेन्द्र ऐरी र लोकल आइकनमा आशिष झा , बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन, रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन, टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन् ।

अक्सनमा ’ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेटरहरु बसन्त रेग्मी, आसिफ शेख, अनिल शाह, राशिद खान अधिकतम १५ हजार रुपैयाँमा बिक्रि भए । बसन्तलाई बोदे बर्साईनले, अनिललाई बजाज खडक वारियर्सले, आसिफलाई टिभीएस किंग्स राजविराजले तथा राशिदलाई तिलाठी कोइलाडीले भित्र्याएको हो । यस्तै ’ए’ श्रेणीमा रहेका सुनिल धमलाले भने न्यूनतम मूल्य ८ हजार रुपैयाँ पाए जसलाई रुपनी राईडर्सले भित्र्यायो । पवन सर्राफ मार्की खेलाडी रहेको बजाज खडक वारियर्सले अनिल शाह बाहेक अनिल खरेललाई ७ हजार, मुकुन्द यादवलाई ११ हजार, गुलसन झालाई ७ हजार रुपैयामा भित्रयाएको छ । कुशल भुर्तेल मार्की रहेको रुपनी राईडर्सले सुनिल धमलालाई ८ हजार, लोकेश बमलाई ११ हजार, अमित यादवलाई ११ हजार, फिर्दोश अन्सारीलाई ११ हजार र सुमित झालाई ११ हजार रुपैयामा अनुबन्धन गरेको छ ।

दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको तिलाठी कोईलाडीले राशिद खानलाई १५ हजार, सन्तोष कार्कीलाई ११ हजार, आदील अन्सारीलाई ११ हजार, रोहण बिकलाई ११ हजार र दिपेश कंडेललाई ११ हजार रुपैयामा अनुबन्धन गरेको छ । सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले बसन्त रेग्मीलाई १५ हजार, योगेन्द्र सिंह काकीलार्ई ११ हजार, अविनाश कणलार्ई ११ हजार, बिशाल सुश्लिंगलाई ११ हजार र नारायण जोशीलाई ७ हजार रुपैयामा अनुबन्धन गरेको छ । मेहबुब आलम मार्की खेलाडी रहेको टिभीएस किंग्स राजबिराजले आसिफ शेखलाई १५ हजार, सोनु तामांगलाई ११ हजार, सोनु अन्सारीलाई ११ हजार र प्रशान्त सिंहलाई ११ हजार रुपैयामा अनुबन्धन गरेको छ । अक्सनमा नाम दर्ता गरिएका कुल १ सय ७५ जना खेलाडीहरु लाई ’ए’ , ’बि’ , ’सी’ र ’डी’ गरि चार वटा ग्रेडमा बिभाजन गरिएको थियो । टिमहरुले ’ए’ ग्रेडबाट मात्र २ खेलाडी ’बि’, ’सी’ र ’डी’ ग्रेडबाट समान ४–४ जना खेलाडी टिममा राख्न पाउने नियम रहेको थियो । ‘ए’ ग्रेड मा राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका खेलाडीहरु, ‘बि’ ग्रेडमा कम्तिमा ५ वटा राष्ट्रिय प्रतियोगिताहरु तथा उमेर समुह राष्ट्रिय टिमको लागि खेलेका खेलाडीहरु, ‘सी’ ग्रेडमा कम्तिमा जिल्ला टिमको लागि खेलेका खेलाडीहरु तथा ‘डी’ ग्रेडमा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडीहरु समाबेश रहेका थिए ।

ए ग्रेडमा रहेका खेलाडीलाई अक्सनमा कम्तिमा ८ हजारबाट अधिकतम १५ हजार रुपैयाँसम्म बोलि लागेको थियो । यस्तै बि ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ७ हजार देखि अधिकतम ११ हजार सम्म, सी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ५ हजार देखि अधिकतम ७ हजारसम्म तथा डी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ३,५०० देखि अधिकतम ५,५०० रुपैयाँ सम्म बोलि लागेको थियो ।

अक्सन पछि कुन टिम कस्तो बन्यो

टिभीएस किंग्स राजविराज : मेहबुब आलम, रोहित कुमार सिंह, आसिफ शेख, प्रशान्त सिंह, सोनु तामाङ, सोनु अन्सारी, प्रशान्त सिंह, रोबिन कुमार सिंह, कमल खत्री, इकबाल हुसेन, रुपेश सिंह, अमल दास, बिबेक यादब, संजित साह, प्रशान्त शाह, सुदर्शन सिंह ।

बोदे बर्साईन थन्डर्स : सिद्धान्त लोहनी, विकास दास, बसन्त रेग्मी, योगेन्द्र सिंह कार्की, अविनाश कर्ण, बिशाल सुश्लिङ, नारायण जोशी, पप्पु कुमार यादव, राहुल कुमार मण्डल, राजिब यादव, आकाश यादव, अमन यादव, मोहम्मद सकिम, अशन जमल, बिशाल यादव ।

तिलाठी कोइलाडी : दिपेन्द्र सिंह ऐरी, आशिष झा, राशिद खान, सन्तोष कार्की, आदील अन्सारी, रोहण बिके, दिपेश कंडेल, नितेश यादव, मनिष मण्डल, चित्र बहादुर बिस्ट, अमित मण्डल, युबराज मण्डल, साकेत सिंह, दिपेश सर्दा, अजय मरिक ।

रुपनी राईडर्स : कुशल भुर्तेल, अनुज कुमार यादव, सुनिल धमला, लोकेश बम, अमित यादव, फिर्दोश अन्सारी, सुमित झा, अनुज कुमार यादव, रेवती यादव, निरज मुखिया, भोला शाह, प्रभु यादव, बिकी चौधरी, अशोक मेहता, बल कृष्ण यादव ।

बजाज खडक वारियर्स : पवन सर्राफ, बिबेक यादव, अनिल शाह, अनिल खरेल, मुकुन्द यादव, गुलसन झा, गोमानन्द अमात, निरज कुमार यादव, प्रशान्त राई, अजय यादव, पप्पु यादव, राज वर्मा, अभिषेख कार्की, नबिन कुमार मण्डल, भिम यादव ।

लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउनेछन । लिगका सम्पूर्ण खेल यसपटक राज रंगशालामा खेलिनेछ जहाँ दर्शकहरुले खेल हेर्न टिकट काट्नुपर्ने ब्यबस्था रहने छ । यस अघि प्रतियोगिता पबि स्कुलमा आयोजना हुँदै आएको थियो । लिग सिङ्गल राउण्ड रोबिन फर्म्याटमा खेलिने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.