अफगानिस्तानका कप्तान अश्गरले तोडे धोनीको रेकर्ड

डिसी नेपाल
७ चैत २०७७ २०:२१
164
Shares

काठमाडौं । अफगानिस्तानका कप्तान अश्गर अफ्गानले भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन् । अफ्गानले टी२० मा सर्वाधिक जित हासिल गर्ने कप्तानमा धोनीको रेकर्ड तोडेका हुन् । उनले कप्तानको रुपमा ४२ टी२० जितेका छन् । धोनीले भने यसअघि सर्वाधिक ४१ टी२० अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेका थिए ।

शनिबार भएको जिम्बाब्बेविरुद्धको तेस्रो तथा अन्तिम खेलमा जित हासिल गरेसँगै अफ्गानले कप्तानको रुपमा ४२ टि२० जितेका छन् । योसँगै उनि सर्वाधिक टी२० अन्तर्राष्ट्रिय खेल जित्ने कप्तान पनि बनेका छन् । यसअघि यो रेकर्ड भारतीय पूर्व कप्तान तथा खेलाडी महेन्द्र सिंह धोनीको नाममा रहेको थियो । उनले ४१ खेलमा जित हासिल गरेका थिए ।

शनिबारको अन्तिमा खेलमा जिम्बाब्बेलाई ४७ रनले पराजित गर्दै अफगानिस्तानले टी२० सिरिज क्लीन स्वीप गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.