भारतमा हुने एशियन वक्सिङ च्याम्पियनशिपमा नेपालले सहभागिता जनाउने
काठमाडौं । छिमेकी राष्ट्र भारतको नयाँदिल्लीमा यहि मे २१ देखि ३१ तारिक सम्म संचालन हुने (एएसबीसी इलाईट) महिला तथा पुरुष वक्सिङ च्याम्पियनशिपमा नेपालले सहभागिता जनाउने भएको छ । एशियन वक्सिङ कन्फेडेरेशन (एएसबीसी) अन्तर्गतको यो प्रतियोगिता एशियाकै सबैभन्दा ठुलो वक्सिङ प्रतियोगिताको रुपमा स्थापित भएको छ ।
एआईबीएको तौल समुह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि वक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ । १९ वर्ष देखि ४० वर्ष सम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागि हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ । यहि चैत्र २९–३१ गते सम्म सातदोबाटो स्थित वक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ, क्लब र बिभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवाले जानकारी गराएका छन् । टोक्यो ओलम्पीकको पूर्व संध्यामा हुन गैरहेको यस प्रतियोगिताले सहभागि जनाउने सबै राष्ट्रका लागि महत्वपूर्ण मानिएको छ ।







डिसी नेपाल








Facebook Comment