बङ्गलादेशलाई पराजित गर्दै न्युजिल्याण्डले विश्व क्रिकेट लिगमा दश अङ्क जोड्यो
काठमाडौं । न्युजिल्याण्डले बङ्गलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल आठ विकेटले जितेको छ । जितसँगै न्युजिल्याण्डले विश्व क्रिकेट लिगमा दश अङ्क जोडेको छ । बङ्गलादेशले प्रस्तुत गरेको १३२ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले मात्र २१ ओभर दुई बलमा दुई विकेटको क्षतिमा १३२ रन बनाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर मार्टिन गुप्टिलले ३८ तथा हेनरी निकोलासले अविजित ४९ रनको योगदान दिएर उत्कृष्ट सुरुवात दिलाए । डेभोन कोनवेले २७ तथा विल योङ्गले ११ रन बनाएर अविजित रहे । बङ्गलादेशका लागि हसन महमूद र तस्किन अहमदले सामान एक एक विकेट लिए ।
त्यसअघि, ड्युनेडिनमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको बङ्गलादेश ४१ ओभर पाँच बल खेल्दै मात्र १३१ रनमा समेटिन पुग्यो । कप्तान समेत रहेका ओपनर ब्याट्सम्यान तामिम इकवाल १३ तथा लिटन दासले १९ रनको योगदान दिए । मुश्फीक्र रहिमले २३ तथा महमुदुल्लाहले २७ रन बनाए । न्युजिल्याण्डका लागि ट्रेन्ट बौल्टले सर्बाधिक चार तथा जेम्स निशम र मिशेल शान्टनरले सामान दुई दुई तथा म्याट् हेनरीले एक विकेट लिए । ट्रेन्ट बौल्ट प्लेयर अफ द म्याच घोषित भए ।







डिसी नेपाल








Facebook Comment