भारत र इङल्याण्डको टि–२० सिरिजमा बने १२ रेकर्ड

डिसी नेपाल
८ चैत २०७७ १३:२९
180
Shares

काठमाडौं। विश्वकै ठूलो क्रिकेट रंगशालामा भएको ५ टी–२० सिरिजमा भारतले इङ्ल्यान्डलाई ३–२ ले पराजित गरेको छ । यो खेलमा कप्तान विराट कोहली र रोहित शर्मासहित टिम र खेलाडीहरुले थुप्रै ठूला रेकर्ड बनाए । अंग्रेज ब्याट्सम्यान डेभिड मलानले पनि पाकिस्तानी बाबर आजमको कीर्तिमान तोडे ।

१. श्रृंखलाको अन्तिम टि–२० मा भारतीय कप्तान विराट कोहलीले ५२ बलमा ८० रनको इनिङ खेले । यससँगै विराट सर्वाधिक १२ पटक ५० भन्दा बढी रन बनाउने कप्तान बनेका छन् । उनले न्युजिल्याण्डका कप्तान केन विलियम्सलाई (११ पटक) पछाडि छाडे । तेस्रो स्थानमा रहेका अष्ट्रेलियाका कप्तान एरोन फिन्चले कप्तानको रुपमा १० पटक अर्धशतक बनाएका छन् ।

२. अन्तिम खेलमा भारतीय ओपनर रोहित शर्माले ५ छक्का प्रहार गरे । यससँगै टी–२० अन्तर्राष्ट्रियमा उनको कुल छक्काको संख्या १३३ पुगेको छ । उन सबैभन्दा धेरै छक्का हान्ने दोस्रो ब्याट्सम्यान बने। न्युजिल्यान्डका मार्टिन गुप्टिल १३९ छक्कासहित शीर्ष स्थानमा छन् ।

३. अन्तिम खेलमा भारतीय टोलीले २२४ रन बनाएको थियो । यो भारतको इङल्याण्डविरुद्ध सबैभन्दा ठूलो र सबै विपक्षीविरुद्ध चौथो ठूलो स्कोर हो । यसअघि इंग्ल्यान्डविरुद्ध भारतको सबैभन्दा ठूलो स्कोर २१८/४ थियो जुन पहिलो टी–२० विश्वकप (२००७) मा डर्बनमा बनेको थियो ।

४. टी–२० अन्तर्राष्ट्रिय सिरिजमा अहिलेसम्म विराट कोहलीले ७ पटक प्लेयर अफ द सिरिजको अवार्ड जितेका छन् । अरू कुनै खेलाडी उनको रेकर्डको वरिपरि पनि छैनन् । यो सूचीमा पाकिस्तानका बाबर अजाम र मोहम्मद हफीज दोस्रो स्थानमा छन् । उनीहरु दुवैले ४–४ पटक प्लेयर अफ द सिरिज अवार्ड जितेका छन् ।

५. श्रृंखलाको दोस्रो टी–२० मा विराट कोहलीले ४९ बलमा ७३ रनको अविजित पारी खेले । यसैगरी उनी टी–२० अन्तर्राष्ट्रियमा ३ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन् । कोहलीले अहिलेसम्म ९० टी–२० मा औसत ५२.६५ रन बनाउँदै ३१५९ रन बनाएका छन् । न्युजिल्यान्डका मार्टिन गुप्टिल ९९ खेलमा २८३९ रन जोड्दै दोस्रो स्थानमा छन् ।

६. इंग्लिस ब्याट्सम्यान डेभिड मालान टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १ हजार रन बनाउने ब्याट्सम्यान बनेका छन् । उनले खेलमा ६५ रन बनाएर यो उपलब्धि हात पारेका हुन् । यो उनको २४ औं इनिङ हो । मलानले पाकिस्तानका बाबर आजमको कीर्तिमान तोडे । बाबरले २६ इनिङमा १ हजार रन पूरा गरेका थिए । यसैगरी, मलान १ हजार रन बनाउने इङ्ल्यान्डका ७ औं ब्याट्सम्यान बनका छन् । यसअघि जेसन रोय, इओन मोर्गन, जोस बटलर, एलेक्स हेल्स, केभिन पिटर्सन र जोनी बेरिस्टोले १ हजार रन बनाएका छन् ।

७. क्रिकेटका तीनै फर्म्याटमा (टेस्ट, ओडीआई, टि–२०) मा १२ हजार रन बनाउने विराट कोहली पहिलो कप्तान बनेका छन् ।

८. श्रृंखलाको पहिलो खेलमा विराट कोहली शून्यमा आउट भएका थिए । उनी कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा १४ औं पटक शुन्यमा आउट भए । यससँगै उनी सबैभन्दा धेरै पटक शुन्यमा आउट हुने भारतीय कप्तान पनि बनेका छन् । उनले सौरभ गांगुलीको १३ शुन्यको कीर्तिमान तोडेका छन्। कप्तानका रुपमा धोनी ११ पटक, कपिल देव १० पटक शुन्यमा आउट भएका छन् ।

९. श्रृंखलाको दोस्रो म्याचमा डेब्यू गरेका इशान किशनले ३२ बलमा ५६ रनको पारी खेलेका थिए । यससँगै उनी डेब्यू टि–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने दोस्रो भारतीय र विश्वका ४४ औं खेलाडी बने । अजिन्क्या राहाणेले यो उपलब्धि पहिले नै हासिल गरेका थिए। सन् २०११ मा म्यानचेस्टरमा राहाणेले इंग्ल्यान्डविरुद्ध ६१ रनको पारी खेलेका थिए ।

१०. आफ्नो पारीमा इशान किशनले ४ छक्का हाने । डेब्यू म्याचमा सर्वाधिक छक्का हान्ने उनी पहिलो भारतीय खेलाडी बनेका छन् । राहुल द्रविड र मुरली विजयले यसअघि नै डेब्यू खेलमा ३–३ छक्का हानिसकेका छन् । विजयले २०१० र द्रविडले सन् २०११ मा यो उपलब्धि हासिल गरेका थिए। विश्वस्तरमामा सर्बियाका लेस्ली डेनबार र क्यानडाका रविन्दर पाल सिंहले डेब्यू खेलमा १०–१० छक्का प्रहार गरेका छन् ।

११. सूर्यकुमार यादवले पनि दोस्रो म्याचबाट डेब्यु गरेका थिए । तर, उनको ब्याटिङको पालो भने आएन । चौथो खेलमा उनले ब्याटिङ गर्ने मौका पाएका थिए । जसमा उनले ३१ बलमा ५७ रनको पारी खेले । यसैगरी, डेब्यु पारीमा ५० रन बनाउने उनी भारतका ५ औं खेलाडी बनेका छन् । उसका अघि अजिन्क्या रहाने, इशान किशन, रोहित शर्मा र रबिन उथप्पाले पहिलो इनिङमा पचास रन बनाएका छन् । रोहित र रबिनले डेब्यू खेलमा ब्याटिङ गर्न पाएका थिएनन् ।

१२. रोहितले श्रृंखलाको चौथो टि–२० मा ११ रन बनाएका थिए । यससँगै उनले टि–२० फरम्याटमा ९ हजार रन पनि पूरा गरे । टि–२० मा ९ हजार रन पूरा गर्ने उनी भारतका दोस्रो खेलाडी हुन्। रोहितले टी–२० को ३३० इनिङमा अहिलेसम्म ९०६५ रन बनाएका छन् । विराट कोहलीले २८९ इनिङ्समा ९ हजार ७३१ रन बनाएर शीर्ष स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.