एभर्टनलाई २–० ले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कपको सेमिफाइनलमा
काठमाडौं । खेलको अन्तिम ६ मिनेटमा २ गोल गर्दा म्यान्चेस्टर सिटीले एभर्टनलाई २–० ले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राती भएको खेलमा म्यान्चेस्टर सिटीले जितहात पार्दै चौंथो पटक एफए कपको उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।
टोलीका लागि इल्की गुन्डोगनले खेलको ८४ औं र केविन डी ब्रुयनले अतिरिक्त समयमा गोल गरे । यो जितसँगै सिटी शिर्ष स्थानमा रहदै म्यान्चेसटर युनाईटेडसँग १४ अंकको दुरी बनाएको छ । टोलीले अब फाईनलमा टोटेनहम हटस्पुरसँग भिडने छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment