केपी ओली विभाजनको पक्षमा छन्, हामी एकताको पक्षमा छौं : माधव नेपाल
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनको पक्षमा रहेको आरोप लगाएका छन्। मंगलबार आफू निकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै नेता नेपालले ओली पार्टी विभाजनको पक्षमा रहेको जिकिर गरेका हुन्।
‘केपी ओली विभाजनको पक्षमा छन्, हामी एकताको पक्षमा छौं,’ नेता नेपालले भने, ‘ओलीमा कम्युनिष्ट पार्टीको संस्कार छैन। ओली आफूलाई कमरेड भन्न रुचाउँदैनन् उनी आफूलाई बा भन्न रुचाउँछन्।’
ओलीप्रति आक्रोशित देखिएका नेता नेपालले ओलीले ०५१ सालदेखि पार्टीमा गुटबन्दी गर्न सुरु गरेको आरोप लगाउँदै आफूहरुले गुटको भेला गरेको नभइ ओलीबाट पीडित नेता कार्यकर्तामा उर्जा भर्ने काम गरेको जिकिर गरे।
‘केपी ओलीले हामीलाई अनेक आरोप लगाएर स्पष्टीकरण सोधेका छन्,’ उनले भने, ‘पाँच पाण्डले पाँच गाउँ माग्दा दुर्योधनले त्यो दिन अस्वीकार गरे। पछि दुर्योधनको अन्त्य भयो। हामीले राम्रो काम गरेका हौं।’ आफूहरुलाई पार्टीबाट निकालेर देखाउन नेता नेपालले ओलीलाई चुनौतीसमेत दिएका छन्।
ओलीमा आलोचना सुन्नै नचाहने, बैठक बोलाउन नचाहने, एकलौटी निर्णय गर्ने, भएका निर्णय कार्यान्वयन नगर्ने, आफ्ना मान्छेलाई खोजी खोजी, टिकट दिने काम गरेको भन्दै आफूहरुले सिद्धान्तनिष्ठ र उर्जावानहरुको पार्टी बनाउन लागेको उनको भनाइ थियो।
उनले पार्टी पदाधिकारीमा, पोलिटव्यूरोमा आफूहरुको बहुमत रहेको कारण ती सबै कमिटी ओलीले विघटन गरेको आरोप पनि लगाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment