‘…किरेमिरे जाले रुमाल’ गीतका सर्जक तथा गायक श्रेष्ठको निधन
काठमाडौं । ‘किरेमिरे जाले रुमाल’ गीतका सर्जक तथा गायक टिका बहादुर श्रेष्ठको निधन भएको छ। म्याग्दीबाट बसाईसराई गरेर रुपन्देही गएका श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको हो।
‘बेनीको बजार, जता माया उतै छ नजर…’ गीतबाट बेनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन श्रेष्ठको ठूलो हात रहेको छ।
जनजिब्रोमा रहेको उक्त गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो।
श्रेष्ठकी श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ ।
मिर्गौलाको समस्याबाट पीडित श्रेष्ठले नियमितरुपमा डायलासिस गराईरहेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment