वायु प्रदुषणले दुई घण्टा त्रिभुवन विमानस्थल बन्द, हङकङबाट उडेकाे विमान दिल्ली डाइभर्ट

डिसी नेपाल
१३ चैत २०७७ १७:००
336
Shares

काठमाडौं। शुक्रबार काठमाडौं उपत्यकाको वायु प्रदुषण अचानक उच्च विन्दुमा पुग्दा त्रिभुवन विमानस्थल दुई घण्टा बन्द भएको छ। विमानस्थल स्रोतका अनुसार शुक्रबार साढे दुई बजेदेखि बन्द भएको विमानस्थल अहिले साढे ४ बजे खुलेको छ।

विमानस्थल स्रोतले भन्यो, ‘प्रदुषणका कारण भिजिविलिटी नभएपछि दुई घण्टा विमानस्थल बन्द भयो। अहिले भर्खर खुलेको छ।’ विमानस्थलका अनुसार प्रदुषणका कारण एक अन्तर्राष्ट्रिय उडान डाभर्ट गर्नु परेको छ। हङकङबाट काठमाडौंका लागि उडेको क्याथे प्यासिफिकको विमान डाइभर्ट गरेर भारतको दिल्ली पुर्याइएको छ।

विस्तारै भिजिविलिटी बढेपछि अहिले विमानस्थल खुलेको छ। विमानस्थल खुलेसँगै आकाशमै होल्ड रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानलाई अवतरण गराइएको छ। उता आधा दर्जन डोमेस्टिक विमानहरु पनि डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनायो।

शुक्रबार अचानक काठमाडौं उपत्यकमा बाक्लो तुवालो लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *