काठमाडौंको गहना पोखरीबाट हतियारसहित दुईजना पक्राउ

डिसी नेपाल
१४ चैत २०७७ १८:४९
2.2k
Shares

काठमाडौं। काठमाडौंको गहनापोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको विशेष व्यूरोको इन्टेलीजेन्स टोलीले काभ्रेका पोटे लामा र अनन्त तामाङलाई एक थान ९ एमएमको पेस्तोल र ५ राउण्ड गोली सहित पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको बताए। पक्राउ परेका मध्ये पोटे लामालाई ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतले १ बर्ष कैद र १५ हजार जरिवाना तोकेका थियो। २०७४ सालमा कमलादीस्थित टाइम्स क्लवमा झगडा हुँदा एक जनाको ज्यान गएको र त्यसमा लामा पनि संलग्न रहेको भन्दै अदालतले सजाय तोकको थियो। त्यसयता उनी फरार रहेका थिए।

नेपाल प्रहरीले खोजी गरेपछि पोटे लामा फरार रहेका थिए। उनलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी बुझाएपछि थप अनुसन्धान गरी सजायका लागि जिल्ला अदालत बुझाउने प्रहरीले जनाएको छ। उनीहरु बुद्धचित्तको दाना लुटपाट गर्ने समूह रहेको दावी गरिएको छ। उनीहरु विगतमा काभ्रेली समूहमा रही सुन लुटपाटमा समेत संलग्न रहेको र गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.