छात्र फुटसल : कमल इङलिसको विजयी सुरुआत
काठमाडौं । कमल इङलिस स्कुलले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित गर्यो। साथै स्वस्तिश्री गुरुकुलले जेसिस इन्टरनेसनल स्कुललाई ३–०, कुलेश्वर ‘ए’ ले ब्राइट एन्जल्स ‘बी’ लाई पेनाल्टीमा ४–३, नजारथले सेराफिमलाई ४–२, हिमशिखरले ग्रिन लाउन्सलाई २–१ र माउन्ट ग्लोरीले कुलेश्वर ‘बी’ लाई ४–० गोलले पराजित गर्यो ।
प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका वडा १४ की अध्यक्ष शोभा सापकोटाले एक कार्यक्रमकाबीच गरिन् । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजक भिजनोभाका अध्यक्ष रामकृष्ण चित्रकारले जनाएका छन् । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नकआउटको आधारमा भइरहेको प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment