बलियो नेपाल कपः उद्घाटन खेल प्युठान र दाङबीच हुने
काठमाडौं । बलियो नेपाल कपको खेल तालिका सार्वजनिक भएको छ । शनिबारबाट दाङको लमही क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा प्युठान र दाङ ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन । जसमा दोस्रो खेलमा नवलपरासी ११ र पाल्पा ११ बीच प्रतिस्पर्धा हुनेछ ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिमको सहभागिता रहेको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको फाइनल चैत २८ गते हुनेछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment