मोफसलको बहुप्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक
काठमाडौं । मोफसलको बहुप्रतिष्ठित फुटबल प्रतियोगिता १९ औं आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । चैत २१ देखि २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लब पोखराको सहभागिता रहने छ ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेल चैत २१ गते आयोजक सहारा क्लब र नेपाल एपिएफ क्लबबीच हुनेछ । चैत २२ हुने दोस्रो खेलमा मछिन्द्र क्लब र अफ्रिकन रुट एसोएसन डउला क्यामरुन एक आपसमा भिडने छन । प्रतियोगिताको तेस्रो खेल चैत २३ गते संकटा क्लब र १८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदीबीच हुनेछ । चैत २४ गते रुस्लान थ्रिस्टार क्लब र १८ औं संस्करणको उप–विजेता नेपाल पुलिस क्लब एक आपसमा भिड्ने छन । प्रतियोगिताका सेमिफाईनलका खेलहरु चैत्र २५ र २६ गते हुनेछ । फाईनल खेल चैत्र २८ मा हुने तालिका रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले रु. १० लाख १ हजार र उपविजेताले रु. ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन । प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्चका लागि १ करोड १ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएको छ । क्याराभान गोल्ड कप सहित २० औं वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । यस वर्ष पनि “सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७” बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने क्लवले जनाएको छ । प्रतियोगिताको १८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदी क्लब र उप विजेता नेपाल पुलिस क्लब रहेको थियो ।







डिसी नेपाल








Facebook Comment