आइपिएलमा कोरोनाको त्रास, प्रतियोगिताको १ हप्ताअघि खेलाडी संक्रमित
काठमाडौं। इण्डियन प्रिमियर लिगमा कोरोनाको खतरा बढेको छ । १४ औं सिजन सुरु हुनुअघि कोलकाता नाइटराइडर्सका ब्याट्सम्यान नितिश राणा कोरोनाभाइरस संक्रमित भएका छन् । सूत्रका अनुसार राणा गोवामा विदा मनाएपछि टिमसँग जोडिएका थिए । दुई दिन पहिले मात्रै उनको रिपोर्ट पोजेटिभ आएको छ । बीसीसीआइ र केकेआरले भने यसको आधिकारिक पुष्टि गरेका छैनन् ।
सूत्रका अनुसार नितिश मुम्बइको टिम होटलमा क्वारेन्टाइन छन् । डाक्टरको टिमले उनको निगरानी गरिरहेको छ । आइपिएलको १४ औं सिजन ९ अप्रिलदेखि सुरु हुँदैछ । फाइनल ३० मेमा हुनेछ । पहिलो खेल मुम्बइ इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुँदैछ । कोलकाताको पहिलो खेल ११ अप्रिलमा सनराइजर्स हैदराबादसँग छ । नितिशले गत सिजन १४ खेलमा २५.१४ को औसतमा २५४ रन बनाएका छन् । उनले आइपिएलमा ६० खेलमा २८.१७ को औसतमा १४३७ रन बनाएका छन् । उनको स्ट्राइक रेट १३५.५६ छ ।







डिसी नेपाल








Facebook Comment