काठमाडाैंकाे फाेहाेर व्यवस्थापनमाथिकाे अवराेध हट्याे

तर्कबहादुर थापा
२० चैत २०७७ १४:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा भएको अवरोध हटेकाे  छ। काठमाडाैं महानगरपालिका र ल्याण्डफिल्ड साइटका स्थानीयबीच सम्झौता भएपछि चैत १३ गतेबाट भएको अवरोध हटेकाे हाे।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रभावित क्षेत्रका जनप्रतिनिधिसहित स्थानीयहरुबीच ७ वटा बुँदामा सहमति भएपछि अबरोध हटेको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘७ वटा बुँदामा सहमति र हस्ताक्षर भएको छ। आजैदेखि अबरोध खुल्छ।’

उनका अनुसार नुवाकोटको ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुमा ४६ जना र धादिङको धुनिबेसी नगरपालिका अन्तर्गतका विद्यालयहरुका लागि ५ जना शिक्षकहरु तहगत र विषयगत दरबन्दीमा सम्बन्धित पालिकाले करार सेवामा नियुक्ति गर्ने र शिक्षक नियुक्ति भएपछि नेपाल सरकारले तोकेको स्केल बमोजिमको पारिश्रमिक कामनपाले दिने सहमति भएको छ।

यस्तै, प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचारको दीर्घकालीन व्यवस्थापनको लागि वृहत्तर छलफल गर्ने र १० दिनभित्र निष्कर्षमा पुग्नेछ । अनि पालिकाहरुको लिखित सुझाव प्राप्त गरी पुनः वैठक बस्ने सहमति भएको पनि वातावरण प्रमुख श्रेष्ठले डिसी नेपाललाई जानकारी दिए।

श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा एकमुष्ट तीन–तीन करोड व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने विषयमा सम्झौता भएको बताए।

फोहोरमैला अतिप्रभावित र प्रभावित वडाहरुलाई प्राथमिकताको आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि दुबै पालिकालाई हरेक वर्षको नीति तथा कार्यक्रममा नै समेटने सहमति भएको उनले बताए।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *