मुगु शाखाका पदाधिकारी निर्विरोध निर्वाचित

डिसी नेपाल
२३ चैत २०७७ १८:१६
28
Shares

मुगु। नेपाल पत्रकार महासंघ मुगु शाखाको जिल्ला समिति सर्वसम्मत चयन भएको छ।

आइतबार निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गरेकाहरुमाथि मंगलबार कसैैको दावी विरोध नपरेपछि मंगलबार निर्वाचन समितिले मुगु शाखा निर्विरोध चयन भएको घोषणा गरेको हो।

निर्वाचन समितिका अनुसार अध्यक्षमा नृपेन्द्र बहादुर मल्ल, उपाध्यक्षमा दान बहादुर बुढा, उपाध्यक्ष (महिला)मा सुमित्रा रावल, सचिवमा जिवन सेजुवाल, कोषाध्यक्षमा सुकमाया शाही, सहसचिवमा मोहन कुमार मल्ल र भिम तिरुवा निर्विरोध निर्वाचित भएका हुन।

खुल्ला सदस्यहरुमा नन्द बहादुर रोकाया, विर बहादुर बम, शिवचन्द्र कार्की,अंक बुढा निर्वाचित भएका छन्। केन्द्र परिषद प्रतिनिधिमा राज बहादुर शाही, विमल हमाल, प्रदेश परिषद प्रतिनिधिमा अच्युतराज भण्डारी र मोहन कुमार मल्ल पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समिति निर्वाचन अधिकृत एवं अधिवक्ता कुवेरजंग शाहीले बताए।

निर्विरोध निर्वाचितहरुलाई प्रमाण पत्र वितरण गर्दै निर्वाचन संयोजक देव बहादुर मल्लले मुगु शाखाले गरेको सहमति र सहकार्य नमुना भएको बताए। पत्रकारिता आफैमा जोखिमको पेशा भए पनि यो पेशालाई बहुमुल्य हिरा ,सुनसंग तुलना गर्दै उनले निष्पक्ष र निडर भएर जनताका पिर मर्का, गुनासा र राज्यबाट सर्वसाधरणले पाउनुपर्ने सेवा सुविधा पाए नपाएको पहरेदारी पनि पत्रकारले गर्नुपर्ने सुझाव दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *