आगलागीबाट पाँच घर जले

डिसी नेपाल
२८ चैत २०७७ ९:३३
56
Shares

जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए। उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन्। घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन्।

गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *