नयाँवर्षमा शिवपुरीमा रेस्लिङ हुने

डिसी नेपाल
२८ चैत २०७७ १०:२३
88
Shares

काठमाडाैं। नुवाकाेटकाे शिवपुरीमा गाउँपालिकास्थित सूर्यचाैरमा रेस्लङ खेल हुने भएकाे छ। नयाँ वर्ष २०७८ काे अवसर पारेर आर डब्लु समर महाभिडन्त हुने भएकाे हाे।

नेपाल रेस्लिङ संघले शिवपुरीकाे सूर्य चाैरलाइ थप महिचान दिलाउने गाउँपालिकाकाे सहकार्य र राष्ट्रिय खेलकुद परिषद्र, खेलकुद विकास परिषद् बाग्मतिकाे सहयाेगमा उक्त प्रतियाेगिता गर्न लागिएकाे जनाएकाे छ।

बैशाख १ गते दिउसाे २ बजेदेखि सुरू हुने रेस्लङ भिडन्तमा हेभि वैट अन्तर्गत नुवाकाेटे टाइगर र चट्टानकाे राेमाञ्चक भिडन्त हेर्न सकिने छ। लाइट हेभि तर्फ डेभिड र साइन, हलुका ताैलमा एक्स जिराे र सिजे भिड्ने आयाेजकले जनाएकाे छ।

त्यस्तै, महिला खेलाडीहरू तानु, दिलसा भिड्ने छन् भने, डेनिका हार्ड कोर प्रतियोगिता अन्तर्गत द युब र थागु भिड्नेछन्। प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *