धोनीको चेन्नईलाई पन्तको दिल्लीले हरायो

डिसी नेपाल
२८ चैत २०७७ २३:२४
616
Shares

काठमाडौं। आईपीएलको शनिबार भएको खेलमा पहिलो पटक टिमको कप्तानी गरिरहेका दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले जितबाट शुरुआत गरेका छन्। शनिबार मुम्बईको बांखडे मैदानमा भएको चेन्नईविरुद्धको खेलमा दिल्लीले विकेटले ७ जित हात पार्यो।

टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले १८८ रन बनाएको थियो। चेन्नईका लागि सुरेश रैनाले अर्धशतक बनाएका थिए भने साम कुरनले विस्फोटक ३४ रन बनाएका थिए। जवाफी ब्याटिंग गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शँले शतकीय साझेदारी गरे। शँले ७२ रन बनाए भने धवनले ८५ बनाए। दिल्लीले ३ विकेट गुमाएर १९ औं ओभरमा लक्ष्य पूरा गरेको थियो।

पन्तले यो सिजनबाट दिल्लीको कप्तानी शुरु गरेका छन्। श्रेयस अय्यर घाइते भएपछि उनको स्थानमा पन्त कप्तान बनेका हुन्।

आइतबारको खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ। पहिलो खेलमा शुक्रबार मुम्बईमाथि बेंगलोरले जित हात पारेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *