सैनिक मञ्चमाथि कुदृष्टि

डिसी नेपाल
२९ चैत २०७७ ६:५७
464
Shares

आज घोडेजात्रा। टुँडिखेलमा घोडाको टापले राक्षस, दुष्ट, दुष्टमनको छाती किचिमिचि पार्ने दिन। क्यालेण्डरले दिएको छुट्टी उपभाेग गर्दै जनता जनार्दनले घोडचढी हेर्ने दिन। त्यही टुँडिखेलको सत्गुण, सत्कर्म, धर्म र स्वामित्वको चर्चा गर्न यो आलेख तयार पारेको छु।

अहिले पनि त्यही स्पिरिट छ, त्यही उत्साह र अझ थप जोस थपिएको हुनुपर्छ जो हामीमा ३५ वर्षअघि सैनिक जीवनका क्रममा थियो। हामी कहिले लगनखेल, कहिले छाउनी, कहिले महाराजगंजदेखि टुँडिखेल पुगेर जनताहरुलाई परेड देखाउँदथ्यौं। कहिले इतिहासका गौरव गाथा, कहिले राष्ट्रिय भेष–भुषा, संस्कृति झल्किने गौरवशाली राष्ट्रिय गीत–नाच र झाँकीहरु प्रर्दशन गरेर जनतालाई आमोद प्रमोद गराउँदथ्यौं। ३५ वर्ष अगाडिदेखि पलाएको यो गर्व आजसम्म कायम छ।

हाम्रा सैनिक सहकर्मीहरु विभिन्न राष्ट्रिय गौरवका कोसेली लिएर सूर्यविनायक, धुलिखेल,भकुण्डेबेंसी, पाँचखालदेखि टुँडिखेल आइपुग्दथे। दिनभरि खाली पेट राष्ट्रिय गौरवको परेड खेलेर थकित भएर पुनः आफ्ना टाढा टाढाका लोकेसन फिर्ता हुन्थे। पेटमा भोक, शरीरमा थकान भए पनि हामीलाई गर्वबोध हुन्थ्यो– ‘हामीले मातृभूमि र देशवासीलाई गौरवान्वित बनायौं।’

अझ साथमा विद्यार्थी, शिक्षक, राष्ट्रसेवक, नागरिक समाज, महिला, स्वयंसेवक, वर्तमान र भूतपूर्वक कर्मचारी, विभिन्न क्षेत्रीय, जातीय, धार्मिक सांस्कृतिक झाँकी प्रदर्शनहरु देख्दा लाग्दथ्यो– ‘टुँडिखेल राष्ट्रिय एकता र राष्ट्रिय गौरवको साझा पवित्र संगमस्थल हो।’

विभिन्न गौरवशाली चाडपर्व र समारोहहरुमा विदेशी महामहिम राजदूत महोदयहरु, विदेशी अतिथिहरु, विदेशी सैनिक सहचारीहरुलाई आमन्त्रण गरेर राष्ट्रिय गौरवका उत्सव, पर्व, संस्कृति–कला देखाउँदा आफूलाई गर्व लाग्दथ्यो– “धन्य दूरदर्शी पुर्खाले एउटा टुक्रा जमिन राजधानीको मुटुमा जोहो र जगेर्ना गरिदिएका रहेछन्। अहिले पनि त्यो भावना यथावत छ।

जनताको इमान्दार सेवकलाई जनतासँग फाटो गराउने, झुटको खेती गरेर जनविश्वास भत्काउने र भ्रममा पार्ने खोटो नियतले ती जुलुस प्रायोजित थिए। सरकारको रिस नेपाली सेनामाथि पोख्ने प्रपञ्च थियो। सेनालाई उक्साउने भड्काउने र बल प्रयोग गर्न बाध्य पार्ने कुत्सित् मनसाय थियो। सैनिक शासनको लागि उक्साउने र सेना घेर्ने रिहर्सल होइन भनेर कसरी भन्ने?

विदेशी अतिथिहरुलाई पाहुना खेल खेलाउदा उनीहरु कानेखुशी गर्दथे– ‘कति सुन्दर मुलुक ∕ कति धनी संस्कृति ∕ कति सुन्दर मौसम ∕ ऊ हिमाल हेर न भनेर भनेको सुन्थ्यौं ∕ हिमाल, मौसम, संस्कृति र आतिथ्यता देखेर उनीहरु अनुग्रहित भएर फर्किँदा हाम्रो थकान पूरै हराउँदथ्यो र मनमा खुशी उमङ्ग र गर्व भरिन्थ्यो।

प्रसंग राजधानीको मुटुमा भएको टुंडिखेल र त्यहाँ भएको सैनिक मञ्चको हो, जहाँ नेपाली सेनाले विभिन्न खेल कला, परेड तथा चाडबाडमा सैनिक रितिथितिअनुसारका प्रदर्शन गरेर आफ्ना पुर्खाको परम्परालाई धान्दै आएको छ।

आफू हार्डकोर उद्धारकर्मी भएको नाताले अवैज्ञानिक अव्यवस्थित र संवेदनशील काठमाडौं ,भक्तपुर, पाटन तीनै शहरको महाभूकम्प सर्भे, म्यापिङ र ड्राई रिहर्सलमा सहभागी हुँदा टुँडिखेललगायतका खुला चौरहरु मानिस जम्मा हुने, घाइते एकत्रित गर्ने र प्राथमिक उपचार दिने महत्वपूर्ण ठाँउ भनेर छुट्यायौं। मेयर एवं जनप्रतिनिधिहरुलाई खुशी पार्यौं।

साँच्चिकै महाभूकम्प आउदा टुँडिखेलमा पाल टाँगेर पुनर्वास गरायौं। महिनौसम्मको शक्तिसाली धक्काबाट त्रसित जनसमुदायलाई टुँडिखेलमा ल्याएर उपचार र शान्ति–सुरक्षाको अलवा खाना समेत खुवाएर सान्त्वना र आत्मीय साथ दियौं। टुँडिखेलमा मात्र नभएर नङ मासुु सम्बन्धका प्यारा शान्तिकामी जनतालाई नेपाली सेनाको मुख्यालय जंगी अड्डाको प्राङ्गणमा पाल टांगेर सुतायौं।

छाउनी, लक्ष्मी निवास, नारायणहिटी लगनखेल, सिंहदरबार, गौचरण, सूर्यविनायक, खरिपाटी ब्यारेकका परेड ग्राउण्डहरु भरी पालहरु टांगेर स्थानीयबासीहरुलाई न्यूनतम गाँस बास कपासको उद्धार उपलब्ध गरायौं।

दुई महिनापछि केही बुढी आमाहरुले सोध्नुभयो– ‘कति पैसा भयो हाम्रो लजिङ्ग–फुडिङ्ग–मेडिकल ट्रिटमेण्टको?’ हामीले छातीमा हात राखेर पुकार्यौं– “आमा–बुबा, दाजुभाइ दिदीबहिनीहरु, उद्धार उपचारको अवसर पाएकोमा हामी गौरवान्वित छौं। हाम्रो सेवा निःशुल्क हो। महाभूकम्प पुनः आयो भने हजुर र हजुरहरुका सन्ततिहरु निःसन्देह निर्वाधरुपमा कुदेर हाम्रो ब्यारेक परिसरमा पाल्नुहोला।

३१ वर्षको सैनिक सेवा अवधिमा नदेखेको नेपालीसेनाको उच्च हौसला, मनोबल, दृढ इच्छा शक्ति, समर्पण र त्याग यो महाभूकम्पमा देख्न पाए। त्यस्तै उर्जा, समर्पण र त्याग प्रदर्शन गर्न पाएको भए कथित जनयुद्ध १ सय दिनमा नियन्त्रणमा आउने थियो। आफ्नो तेश्रो आँखा महाभूकम्पमा खुल्यो– जनयुद्ध सिपाहीलाई आवश्यक, पाच्य र ग्राह्य थिएन। न उत्साह न जांगर। न उद्देश्य ग्रहण न मिशन फच्चे।

आमा–बुबाहरु आँखाभरि आँसु झार्दे रुदै हामीलाई मुरि मुरि आशिष दिएर आ–आफ्नो घर जानुभयो। जनतामा अमिट छाप पर्यो ‘आपत विपद् र दुःखको साथी सुरक्षा निकायहरु र तिनका ब्यारेक रहेछन्।’ पढालेखा बुद्धिजिवीहरुले टिप्पणी गर्नुभयो– ‘ब्यारेक फराकिलो र खुल्ला हुनुपर्ने रहेछ।’

सबैले महशुस गरे– शहरभरि पार्क नै पार्क, खेल मैदान, खुल्ला चौर, खुल्ला र ठूल ठूला सडक, खोला किनार र खुल्ला बगर अति आवश्यक रहेछ ।

सबैको आँखा खुल्यो– ‘सडक मिचेर व्यक्तिगत कम्पाउण्ड बढाएको खराब हविगत। खोला मिचेर आलिसन भवन ठड्याएको करामत। सरकारी पर्ती जमिन मिचेर किर्ते गरेर जसको शक्ति उसको सम्पत्ति गरेको बद्नियत। २०७२ सालको महाभूकम्पमा धन्य टुंडिखेल र छिटपुट् ब्यारेकभित्रका परेड ग्राउण्डले मानवोद्धार धर्म निर्वाह गर्न पाए।

विदेशी भीभीआईपीलाई राहत

धेरै विदेशी अतिथिहरुलाई सैनिक मञ्च पु-याउँदा उहाँहरु सुख खुशी र सन्तोषको सास फेर्नुहुन्थ्यो। निर्धारित समयमा सैनिक मञ्चबाट अतिथिहरुलाई सवारी चलाउन हम्मे हम्मे पर्दथ्यो। अझ वरिपरि सिरिसको फूल फुलेको समय र हिमाल खुलेको सफा मौसममा उहाँहरु कापीकलम लिएर कविता लेखौंलाझैं आलेटाले गर्नुहुन्थ्यो।

हामी मनोविज्ञान बुझ्दथ्यौं– भक्तपुर पाटन, काठमाडौ दरबार स्क्वायरको ट्राफिक र भिडभाड। ट्राफिक जाम छिचोलेर शहिदगेटमा शहिदहरुलाई गरेको माल्यार्पण। सैनिक मञ्चले ती शान्तिकामी अतिथिहरुलाई शान्ति र स्वर्गको अनुभूति दिएको बुझ्न सकिन्थ्यो।

टुँडिखेलमा राष्ट्रिय उद्धार केन्द्र

महाभूकम्प शक्तिशाली थियो। प्रलय गराउन उद्यतजस्तो देखिन्थ्यो। अर्को ५० सेकेण्ड हल्लाएको भए काठमाडौं उपत्यका भवनविहीन समतल भूमि हुने थियो भन्ने विज्ञहरुको भनाइ सत्य जस्तै लाग्दथ्यो। त्यसैले होला सुरक्षा निकायहरु बाहेक सबैजना गायव। भूमिगत शैलीमा सबै हराए। सबैभन्दा बढी राजनीतिक नेतृत्व, सांसद भन्ने जनप्रतिनिधिहरु, लामो समय गायब भए। फोन सम्पर्कमा समेत आउन चाहेनन्। निजामती कर्मचारीले सोही देखासिकी गरे।

सुरक्षा निकायहरु जीवन रक्षाको लागि हिमाल पहाडका पत्र पत्र भित्र पुगे। राजधानीका भग्नावशेषभित्र आफैं हराउने गरेर ज्यानको बाजी लगाएर उद्धारमा खट्टिए। पंक्तिकारलाई ‘राष्ट्रिय उद्धार ईन्चार्ज’ तोकिदा भुंईमा खुट्टा रहेन। गौरवले छाती र शिर उचा भयो।

महाभूकम्प शक्तिशाली थियो। प्रलय गराउन उद्यतजस्तो देखिन्थ्यो। अर्को ५० सेकेण्ड हल्लाएको भए काठमाडौं उपत्यका भवनविहीन समतल भूमि हुने थियो भन्ने विज्ञहरुको भनाइ सत्य जस्तै लाग्दथ्यो। त्यसैले होला सुरक्षा निकायहरु बाहेक सबैजना गायव। भूमिगत शैलीमा सबै हराए। सबैभन्दा बढी राजनीतिक नेतृत्व, सांसद भन्ने जनप्रतिनिधिहरु, लामो समय गायब भए। फोन सम्पर्कमा समेत आउन चाहेनन्।

३१ वर्षको सैनिक सेवा अवधिमा नदेखेको नेपालीसेनाको उच्च हौसला, मनोबल, दृढ इच्छा शक्ति, समर्पण र त्याग यो महाभूकम्पमा देख्न पाए। त्यस्तै उर्जा, समर्पण र त्याग प्रदर्शन गर्न पाएको भए कथित जनयुद्ध १ सय दिनमा नियन्त्रणमा आउने थियो। आफ्नो तेश्रो आँखा महाभूकम्पमा खुल्यो– जनयुद्ध सिपाहीलाई आवश्यक, पाच्य र ग्राह्य थिएन। न उत्साह न जाँगर। न उद्देश्य ग्रहण न मिशन फच्चे।

सिपाहीको उद्देश्यमा अर्जुन दृष्टी र मिशनमा त्याग पंक्तिकारले महाभूकम्पमा मात्र देख्न पाएँ। तर विडम्बना नेपाली सेनाको हेड्क्र्वाटर नै पस्न र बस्न नहुनेगरी पूर्णरुपमा ध्वस्ता भयो। हामीले तल्लो अथवा पल्लो रङ्गशाला छेउको टुडिखेलमा ‘राष्ट्रिय भूकम्प उद्धार तथा राहत केन्द्र’ खौल्यौं र वर्षौ पालमा चलायौं। प्रधानसेनापतिले ४ वर्ष त्यही टुँडिखेलको पाल र सानो क्लबकोठाबाट कार्यालय संचालन गर्नुभयो।

खुल्ला टुडिखेलले नेपाली सेना र जनतालाई ठूलो गुन लगायो। विदेशी उद्धारकर्मीहरुलाई समेत गहिरो र अविस्मरणीय गुन लगायो। किनभने विदेशी उद्धारकर्मीहरु समन्वय, सहकार्य, ब्रिफिङ– डिब्रिफिङको लागि त्यही टुँडिखेलको चर्को घाम र पालमुनि एकट्ठा भएका हुन्थे।

एक वर्षको अनवरत उद्धार र राहतपछि थाहा भयो–उद्धारकर्मी सिपाहीहरुका पितामाता र परिवारजन खुल्ला आकाशमुनि काल पर्खिरहेका छन्। राष्ट्रिय उद्धारमा आफ्नो ज्यान नभनेर होमिएको सिपाहीको आफ्नो माटाको घर लडेर बारीभरि पोखिएको थियो।

सिपाहीलाई कठै आमा कठै बा भन्ने फुर्सद छैन। ऊ स्यावासी र धर्म कमाउन लिति कसेर लागेको लागै छ। देश जनता र संस्था पहिला दोश्रा तेश्रा र आफू अन्तिममा भन्ने सिद्धान्त र आदर्शले एकोहोरिएको सिपाही न घर जान पायो, न राहत लिन पायो।

गर्वमा ग्रहण

यो वर्षको फाल्गुण ७ गते पंक्तिकारको गौरवमाथि ग्रहण लाग्यो। सक्कली नेपाली जनताको सोझो मन दुःख र पीडाले छिया छिया भयो होला।
महाङ्काल मन्दिरले आन्दोलनकारीहरुको नागरिकता र राष्ट्रियता चेकजाच गरिदिनुभयो होला। साढेसात दशा मुन्छ्याएको धागोले बाँधिएको प्रत्यक्षदर्शी साक्षी पिपलको रुखले स्वदेशी विदेशी मुद्रा र भारु, डलर, युरोको लगानी पहिचान गरिदियो होला। अनि नेपाली सेना चुपचाप सौम्य र सालिन रहेपनि पिपलको रुखले मन्द मन्द हावामा सुस्त सुस्त प्रश्न माथि प्रश्नको वर्षा गरायो होला-

“टुडिखेल लुछिखाने कि बाँडिखाने। १/१ चपरी चाहियो कि फोहोर फ्याँक्ने डम्पिङ्ग साईट् बनाउनुपर्यो ? टहरा हालेर भाडामा लाउनुपर्यो कि पैसा असुल्ने पार्किङ बनाउनुपर्यो। शौचालय बनाउनु पर्यो कि चिया पसल थाप्नुपर्यो? कि शक्तिशालीको नाममा दर्ता चढाउनुपर्यो?

जुलुसे अनुहार

टुँडिखेल खोस्न आएका अनुहार देखेर लाजले भुतुक्क भएँ। पहिले कोहीलाई उद्धार गरेको। कोहीलाई राहत बाँडेको। कोहीलाई चिया कफी, ग्रीन टी अफर गरेको। द्वन्द्वकालका सहकर्मीहरु। हाम्रा सहयोगी र शुभचिन्तकहरु।

पंक्तिकारले माटोलाई जिज्ञाशा राखेँ–

किन हामी दिनमा ४ रङको बेसार घस्दछौं। हामी के को लागि छेपारो झै रङ बदलिरहन्छौं। हाम्रो मूल पहिचान कुन हो। अनि सक्कली र नक्कली पहिचान कसरी छुट्याउनु नि । मातृभूमि रणभूलमा पार्ने हाम्रो राष्ट्रद्रोही चरित्र। धर्तीलाई बोझ। बेसारे छेपाराहरुलाई कसले बुझाइदिने–टुँडिखेल नेपाली सेनाको होइन, जनताको साझा सम्पति हो। दूरदर्शी पुर्खाहरुको नासो हो। राष्ट्रिय गौरव गाथा गाउने देखाउने हिराको ऐना हो। कुरुप शहरको मुटु र ढुकढुकी हो। आपत् विपद्को साथी र उद्धार तथा रक्षाभूमि हो।

नेपाली सेना त्यो महत्वपूर्ण राष्ट्रिय सम्पतिको पहरेदार मात्र हो। सफा सुग्घर राख्ने माली हो। श्रृङ्गार गर्ने, सजाउने र रक्षा गर्ने भरपर्दो रक्षक हो। राजधानीको मुटुमा रहेको यस्तो ठाँउमाथि अतिक्रमण गर्न खोज्नेहरुले आँखा गाडेका छन् र कुत्सित मनसायका साथ नेपाली सेनाले प्रयोग र संरक्षण गर्दै आएको टुँडिखेल सेनाको हातबाट फुत्काएर दलालहरुको हातमा पुर्याउनेमात्र होइन भाडा लगाएर खानेसम्मको अभिप्राय हुनसक्छ। यी र यस्तै तत्वहरुले केही व्यक्तिहरुलाई उक्साएर  टुँडिखेलबाट सैनिक नियन्त्रणविरुद्ध जुलुस प्रदर्शनसम्म गराउन सफल भए।

जनताको इमान्दार सेवकलाई जनतासँग फाटो गराउने, झुटको खेती गरेर जनविश्वास भत्काउने र भ्रममा पार्ने खोटो नियतले ती जुलुस प्रायोजित थिए। सरकारको रिस नेपाली सेनामाथि पोख्ने प्रपञ्च थियो। सेनालाई उक्साउने भड्काउने र बल प्रयोग गर्न बाध्य पार्ने कुत्सित् मनसाय थियो। सैनिक शासनको लागि उक्साउने र सेना घेर्ने रिहर्सल होइन भनेर कसरी भन्ने?

अन्त्यमा, जुलुसको अनुहार र रगत राष्ट्रवादी होस्। भावना मौलिक नेपाली होस् । आन्दोलनको तागत र शक्ति देश विकासमा लगाइयोस। भ्रम छर्ने, भाड्ने, विभाजन गर्ने कुबुद्धि जनसेवा समाजसेवा र मातृभूमि सेवाको सत्मार्गमा लगाइयोस्। अनि नारा लगाइयोस्–

टुँडिखेल कसको जनताको ।
टुँडिखेल कसको नेपाल आमाको ।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *