त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा

डिसी नेपाल
१ वैशाख २०७८ १६:४०
116
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो । स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

बन्द प्रशिक्षणमा रहेका मध्येबाट ललित नारायण राजवंशी, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने बाहिरिएका छन् ।नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *