त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा

डिसी नेपाल
१ वैशाख २०७८ १६:४०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो । स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

बन्द प्रशिक्षणमा रहेका मध्येबाट ललित नारायण राजवंशी, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने बाहिरिएका छन् ।नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *