पञ्जावमाथि दिल्लीको सहज जित
काठमाडौं। आईपीएलको आइतबार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। दिल्लीले पञ्जव किंग्सलाई ६ विकेटले पराजित गर्दै लिगमा दोस्रो जित हात पार्यो। १९६ रनको लक्ष्य पाएको दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।
मुम्बईमा दिल्लीले टस जितेर पञ्जावलाई ब्याटिंगको निम्तो दिएको थियो। केएल राहुल र मयंक अग्रवालले अर्धशतक बनाएपछि पञ्जावले १९५ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो। तर, दिल्लीका लागि शिखर धवनले ४९ बलमा ९२ रन बनाएपछि दिल्लीले सहज जित हात पारेको हो। जितसँगै दिल्लीको अंक तालिकामा ४ अंक भएको छ। उता पञ्जावको यो दोस्रो हार हो। उसको २ अंक छ।
यसअघि आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सलाई रोयल च्यालेन्जर्स बेंगलोरले पराजित गरेको थियो। बेंगालेर ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment