‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले अत्यावश्यक वस्तुमा कृतिम अभाव नदेखाउन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणले काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी गरेको अवस्थामा व्यवसायीले उपभोक्तामा अत्यावश्यक वस्तुको अनावश्यक भण्डार नगरी सहज रुपमा किनमेलको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
महासङ्घले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासात् गर्दै स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न आम उद्योगी व्यवसायीसँग अपिलसमेत गरेको छ ।
अध्यक्ष कटुवालले विषम परिस्थितिमा अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न, हिँड्नै परे उच्च सतर्कता अपनाएर हिँड्न सबैलाई अनुरोध गरेका छन् । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment