इङ्लिस च्यानलमा आप्रवासी सवार डुङ्गामा आगलागी, १५० भन्दा बढीको सकुशल उद्धार

डिसी नेपाल
२० साउन २०८३ १२:४८

काठमाडौं । इङ्लिस च्यानल पार गरेर बेलायततर्फ जाने प्रयास गरिरहेको एक आप्रवासी डुङ्गामा मङ्गलवार बिहान आगलागी भएपछि १५० भन्दा बढी मानिसहरूको सकुशल उद्धार गरिएको फ्रान्सेली अधिकारीहरूले जनाएका छन्।

फ्रान्सको च्यानल तथा उत्तरी सागर समुद्री प्राधिकरणका अनुसार उक्त डुङ्गा बेलायततर्फ गइरहेका बेला अचानक त्यसको इन्जिनमा आगो लागेको थियो।

अधिकारीहरूका अनुसार कुल १५७ जनाको उद्धार गरिएको छ। घटनामा हालसम्म कोही घाइते भएको वा कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन।

बेलायती प्रधानमन्त्री एन्डी वर्नहमले साना डुङ्गामार्फत बेलायत भित्रिने आप्रवासीहरूको सङ्ख्यामा नियन्त्रण ल्याउन आफ्नो सरकारले ‘निरन्तर र कडा प्रयास’ जारी राख्ने प्रतिबद्धता जनाएको भोलिपल्टै यो घटना घटेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *