पोलार्डकाे तुफानी ब्याटिंगमा मुम्बईको रेकर्ड जित
काठमाडौं। मुम्बई इन्डियन्सका कैरन पोलार्डले तुफानी ब्याटिंग गरेपछि मुम्बई इण्डियन्सले कीर्तिमानी जित हात पारेको छ। दिल्लीमा शनिबार भएको खेलमा मुम्बईले चेन्नई सुपर किंग्समाथि ४ विकेटको जित हात पारेको छ।
चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले ६ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो। आईपीएल इतिहासमा मुम्बईले २ सयभन्दा माथिको स्कोर सफलतापूर्व पछ्याएको यो पहिलो पटक हो। मुम्बईको जितमा पोलार्डको महत्वपूर्ण योगदान रह्यो। पोलार्डले ३४ बलमा नटआउट ८७ रन बनाए। उनले सो क्रममा ८ छक्का र ६ चौका प्रहार गरे। अन्तिम ओभरमा १६ रन बनाउन नसक्दा चेन्नई हार व्यहोर्न बाध्य भयो। लुंगी एनगिडीको अन्तिम ओभरमा १६ रन प्रहार गरेर जित दिलाए।
यसअघि चेन्नईले पहिला ब्याटिंग गर्दै २१८ रन बनाएको थियो। चेन्नईका लागि अम्बाती रायडुले २७ बलमा ७२ रन बनाएका थिए भने मोइन अलीले ३६ बलमा ५८ र फाप डू प्लेसीले २८ बलमा ५० रन बनाएका थिए।
जितपछि मुम्बई ७ खेलमा ४ जितसँगै अंकतालिकाको चौथो स्थानमा रहेको छ। उता ७ खेलमा २ खेल हारेको चेन्नई भने शीर्ष स्थानमा छ। दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहँदा तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोर रहेको छ।
Facebook Comment