राजस्थानको सहज जित

डिसी नेपाल
१९ वैशाख २०७८ १९:३९

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । दिल्लीमा भएको खेलमा राजस्थानले हैदराबादलाई ५५ रनले हराएको हो ।

राजस्थानले दिएको २२१ रनको लक्ष्य पछ्याएको हैदराबाद निर्धारित २०ओभरमा ८ विकेट गुमाएर १६५ रनमा समेटियो । त्यसका लागि मनिष पाण्डेले ३१ तथा जोनी बेयरस्टोले ३० रन बनायो । यस्तै केन विलियम्सनले २० रन बनाउँदा केदार जाधवले १९ तथा मोहम्मद नाबीले १७ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमान र क्रिश मोरिसले ३३ विकेट लिए ।

यसअघि टस टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । त्यसका लागि जोस बटलरले शानदार ब्याटिङ गरे । उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे । यस्तै कप्तान सञ्जु शामसनले ४८ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *