मिलानले ११ बर्षपछि जित्यो ‘सिरी ए’ को उपाधि

डिसी नेपाल
२० वैशाख २०७८ ११:२४
308
Shares

काठमाडौं । इन्टर मिलानले ११ बर्ष पछि ‘सिरी ए’ को उपाधि जितेको छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको एटलान्टाले सासुओलो बिरूद्धको खेल बराबरी खेल्दा इन्टर मिलान विजेता बनेको हो। मिलान ८२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। मिलान भन्दा १३ अंक पछाडी रहेको एटलान्टा तालिकाको दोस्रो स्थानमा रहेको छ ।

एन्टोनियो कोन्टेको टोली मिलान सिरी ए को जारी सिजनमा दुई खेलमा मात्र पराजित भएको छ । सन २०११ पछि ईन्टर मिलानले कुनै पनि प्रतियोगिताको उपाधि जितेको हो । मिलानले यसअघि सन २०१० मा पहिलो पटक सिरी ए को उपाधि जितेको थियो । त्यसपछि टोलीले च्याम्पियन्स ट्रफी र इटालियन कपको उपाधि जितेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *