चेल्सी ९ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा

डिसी नेपाल
२४ वैशाख २०७८ ११:४६

काठमाडौं । चेल्सी च्याम्पियन्स लिगको दोस्रो चरणको फाईनलमा १३ औं पटक उपाधि विजेता टोली रियल म्याड्रिडलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । यो सँगै चेल्सी ९ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको छ । लिगको उपाधिको लागि चेल्सीले आफ्नै देशको प्रिमीयर लिग च्याम्पियन क्लब म्यान्चेस्टर सिटीको सामना गर्नेछ । प्रतियोगिताको फाईनल भिडन्त २९ मे मा इस्तानबुलमा हुनेछ । चेल्सी च्याम्पियन्स लिगको फाइनलमा तेस्रो पटक पुगेको हो।

यसअघि चेल्सीले सन् २००८ र २०१२ मा च्याम्पियन्स लिगको फाईनल खेलेको थियो । २०१२ को फाईनलमा चेल्सी उपाधि विजेता बनेको थियो । चेल्सी भन्दा अधिक दुई ईङलिश क्लब म्यान्चेस्टर यूनाईटेड र लिभरपुलले समान ४–४ पटक च्याम्पियन्स लिगको फाईनल खेलेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *