भेरी अस्पतालका नर्सिङ अधिकृतको अनुभव : कोरोनाको मृत्यु दर्दनाक हुन्छ

डिसी नेपाल
२४ वैशाख २०७८ १५:२०
496
Shares

हामीले पूर्व तयारी गर्दागर्दै पनि बैशाख ५ गतेपछि कोरोना संक्रमित विरामीको फ्लो यसरी बढ्यो कि थेक्नै सकिएन। धेरै जसो हाम्रो नर्सिङ स्टाफ पनि कोरोना संक्रमित हुनु भयो। आजसम्मको रेकर्ड हेर्दा ९८ जना अस्पतालका कर्मचारीहरु कोरोनाबाट संक्रमित हुनुहुन्छ।

कोरानाका कारण स्टाफहरु संक्रमित हुनु पर्ने र त्यो बेलामा बिरामीहरु धेरै आएका कारण पनि त्यस्ता हृदय विदारक दृष्यहरु बाहिरिएका हुन्। गत वर्षदेखि गरेको तयारीका कारण यो समस्यालाई यति चाँडै ह्याडिल गर्न सकिएको हो जस्तो लाग्छ।

हामीले ७० बेडको अस्पतालमा ७७ बेड थपेका थियौं। कोरोनाको संक्रमण जारी रहेका बेला गर्नु पर्ने धेरै तयारी गरेका थियौं। त्यो समस्या जतिबेलासम्म देखिएर आएको थियो त्यो बेलासम्म हामीले कोरोना संक्रमितको उपचारमा कुनै कमी गरेनौं।

जब मानिसमा कोरोना हटेको अनुभूति हुन थाल्यो, मान्छेले स्वास्थ्यका मापदण्डहरु अपनाउन छोड्नु भयो, हामीले पनि नियमितबाहेक बेडकहरु उठाउनुपर्छ कि भन्ने सोचेका थियौं। कोरोना भित्रभित्रै रहेछ। बैशाख को ५ गतेपछि यतिधेरै फ्लो हुन थाल्यो कि सोचेको भन्दा धेरै बढी।

सबै साथिहरु संक्रमित भएर आराम गरिरहेको अवस्था, अस्पतालमा विरामीहरुको भीड, म पनि त्यो बेलामा संक्रमित थिएँ।  आफू संक्रमित हुँदा पनि कसरी अस्पताललाई चलाएमान राख्ने भन्ने एक प्रकारको जिम्मेवारी हुन्थ्यो।

सामान्य अवस्थामा भएका विरामीहरुलाई प्लीज भनेर, हात जोडेर, बाहिर गएर अर्को बिरामीलाई हेरिदिनुहोस्, उहाँ भन्दा तपाईँलाई गाह्रो छ भने तपाईँ नै बस्नु होला भन्ने आश्वासन दिएर, धेरै थरी गरियो नि। त्यसपछि अलि हल्का हुनेलाई डिस्चार्ज दिएर, अफ्ठेरोमा परेकालाई बेडमा ल्याएर उपचार गरियो। एउटैमात्र कुरालाई सताउँथ्यो, उहाँहरुले किन ढिला ल्याउनु भयो होला, अलि समयमै ल्याउनु भए पनि हुने नि झैं लाग्थ्यो।

त्यसकारण संक्रमित भएको १० दिनपछि म पनि ड्यूटी जान थालेँ। कोरोना पोजेटिभ भएका विरामीहरुबाट आफूलाई पनि जोखिम नहुने र आफूबाट पनि बिरामीलाई जोखिम नहुने भएपछि मैले ड्यूटी सुरु गरेँ। अरु पनि कोरोना संक्रमित भएर १० दिन बढी भएका कर्मचारीलाई पनि ड्यूटी ज्वाइन गर्न चाहेको खण्डमा त्यो व्यवस्था गरिदियौँ।

दृष्यहरु त बाहिर सुन्दा भन्दा पनि यहाँ भोग्दा दर्दनाक हुन्छन्। अक्सिजनको अभावमा प्राण त्याग्न नसकेर घिटिघिटो रहेकाहरु, अस्पताल आउँदै ढिला भएकाहरु, करिव १/२ घण्टासम्म एम्बुलेन्समा कुर्नुपरेको अवस्था कति गाह्रो थियो कति। अहिले त आफैंलाई त्यस्तो पनि थियो र, भयो र? जस्तो हुन्छ। तर, व्यवस्थापन गरियो। सबैको सहयोगमा हामीले अवस्थालाई काबुमा राख्न सफल भयौं।

सामान्य अवस्थामा भएका विरामीहरुलाई प्लीज भनेर, हात जोडेर, बाहिर गएर अर्को बिरामीलाई हेरिदिनुहोस्, उहाँ भन्दा तपाईँलाई गाह्रो छ भने तपाईँ नै बस्नु होला भन्ने आश्वासन दिएर, धेरै थरी गरियो नि। त्यसपछि अलि हल्का हुनेलाई डिस्चार्ज दिएर, अफ्ठेरोमा परेकालाई बेडमा ल्याएर उपचार गरियो। एउटैमात्र कुरालाई सताउँथ्यो, उहाँहरुले किन ढिला ल्याउनु भयो होला, अलि समयमै ल्याउनु भए पनि हुने नि झैं लाग्थ्यो।

विषेशगरी अस्पतालमा पुगेर बेडमा पुगेका भन्दा पनि आउँदै गर्दा, अस्पतालको गेटमा पुग्दा मृत्यु धेरैको भयो। त्यो अवस्थामा विरामीलाई अस्पतालमा ल्याउनेहरुले ढिला गरेको अवस्था हो। हामीले सोधे अनुसार टाइफाइड भयो भन्दै मेडिकलमा नै औषधि खाने, उपचार गराउन तर्फ लाग्नु भएछ। जब स्वास प्रस्वासमा समस्या हुन्थ्यो, जब अन्तिम अवस्था जसतो हुन्थ्यो त्यसपछिमात्र अस्पताल ल्याउने गर्नु हुँदो रहेछ।

खानाखानु कुरै छोडौ, पानी पिउन पनि मिलेन, अहिले खानाको व्यवस्था अस्पतालले गरेको छ। खाजाको व्यवस्था हामीले आफै गर्ने गरेका छौं। अहिले पनि गर्मिका कारण १ घण्टामै पुरै नुहाए जस्तो हुन्छ। हामीले फूल पिपीईसेट लगाउनु पर्छ। त्यो पिपीई लगाउँदा नेपालगञ्जको ३८/३९ डिग्रीको गर्मीमा कस्तो हालत हुन्छ होला हामीले पनि अनुमान गर्न सक्छौं।

विषेशगरी नागरिकहरुले स्वास्थ्यका मापदण्ड अपनाएको खण्डमा, अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किएको खण्डमा यस्ता दृष्य नदेखिने हुन्। तर, मानिसले बाहिर गएर लकडाउन भएकै हो र? जस्तो बनाएका हुन्छन्। हामीले सबैलाई गर्ने अनुरोध त्यही हो। कोरोना लागेपछिको मृत्यु दर्दनाक हुन्छ। त्यो मृत्युवरण गर्नु भन्दा, आफ्न्तको त्यस्तो अवस्था देख्नु भन्दा हामीले घरभित्र बसेर, स्वास्थ्यका मापदण्ड अपनाउन सक्छौं।

विषेश अनुरोध मेरो के छ भने, साबुन पानीले हात धोऔं, सेनिटाइजरको प्रयोग गरौं, भौतिक दूरी कायम गरौं, मास्क लगाएर हिडौं त्यो भन्दा पनि पहिलो कुरा त अत्यावश्यक काम नपरेसम्म घर बाहिर पनि ननिस्कियौं।

केसीसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *