स्यालका लागि जडान गरिएको नाङ्गो तारले करेन्ट लाग्दा महिलाको मृत्यु

डिसी नेपाल
२० जेठ २०७८ १८:२१
104
Shares

सप्तरी। सप्तरीमा करेन्ट लागेर एक महिलाको बिहीबार दिउँसो मृत्यु भएको छ। खेतमा तरकारी टिप्ने क्रममा डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा ओच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको हो। घटनास्थलमै महिलाको मृत्यु भएपछि प्रहरीलाई जानकारी गराएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको प्रहरीले जनकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.