मौसम खराब भएपछि मनाङमै अड्किए गण्डकीका मुख्यमन्त्री नेपाली

डिसी नेपाल
३ असार २०७८ २१:५६

काठमाडौं। मनाङमा बाढी पहिरो निरीक्षणका लागि विहीबार मनाङ गएका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पोखरा फिर्ता हुन सकेनन्। मनाङबाट फिर्ता हुने तयारी भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेको उनले फेसबुकमार्फत जानकारी दिएका छन्।

सेनाको हेलिकोप्टरमार्फ मनाङ पुगेका मुख्यमन्त्री पौडेल र विना विभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे)सहितको टोली विहीबार मनाङको चामेमै बसेको छ।

शुक्रबार गण्डकीमा मुख्यमन्त्री नेपालीले प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ। तर, विहीबार उनी पोखरा फर्किन नसकेपछि शुक्रबारको कार्यसूची प्रभावित हुने सम्भावना देखिएको छ। यद्यपी पोखरेलले शुक्रबार मौसममा सुधार भए बिहानै पोखरा फर्किने बताएका छन्।

उनले भनेका छन्, ‘हाम्रो टोली आज मनाङ सदरमुकाम चामेमै बस्नुपर्ने भएको छ। मौसमको खराबी भए पनि हामी सुरक्षित रुपमा बसेका छौं। मौसम सफा हुने बित्तिकै हामी भोलि फर्कने छौं। उद्धार र राहतका लागि सरकार प्रतिबद्ध छ। मौसम खराब छ । उद्धारमा समस्या भइरहेको छ। उद्धार मात्र हैन, राहत र बसोबासको ब्यवस्था प्रदेश सरकारले मिलाउँछ। हामी यहाँबाट फर्केर तत्काल ब्यवस्थापनका लागि बजेटको प्रबन्ध गर्नेछौं।’

उनले अगाडि भनेका छन्, ‘जहाँसम्म विश्वासको मतको कुरा छ। मौसम सफा भएमा बिहानै हामी पोखरा आउँछौं। सदन चल्छ र कारवाही अगाडि बढ्छ। अवस्था अनुकुल भएन र समयमै आउन सकिएन भने संसद सचिवालयले अर्को दिनको कार्यसूची बनाउँछ यसका लागि।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *